नयाँ वर्ष मनाउन गएका युवा सुनकोसीमा डुबेर बेपत्ता
सिन्धुपाल्चोकः नयाँ वर्ष २०७५ मनाउन यहाँको सुकुटेस्थित सुनकोसी किनारमा पुगेका एक युवा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
नयाँ वर्ष मनाउने क्रममा सुनकोसीमा पौडी खेल्न पसेका सुनकोसी गाउँपालिका निवासी १८ वर्षीय रुपेश खड्का डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
युवक डुबेपछि उद्दारका लागि जनपथ र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । बेपत्ता युवाको खोजी कार्य जारी रहेको छ ।