जंगली हात्तीले पुजारीसहित दुईको ज्यान लियो

जंगली हात्तीले पुजारीसहित दुईको ज्यान लियो

वीरगन्जः पर्सा राष्ट्रिय निकुन्जको जंगल भित्र रहेको धार्मिकस्थल दुग्धेश्वरनाथ महादेवको मन्दिरमा जंगली हात्तीको आक्रमणबाट पूजारीसहित दुईजनाको मृत्यु भएको छ । 

पटेर्वा सुगौली गाँउपालिका–१ मा पर्ने दुग्धेश्वरनाथ महादेव मन्दिरमा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको हो ।

नयाँ वर्षको उपलक्षमा मन्दिरमा लागेको मेला हेर्न गएका ठोरी गाँउपालिका–४ शान्ति नगरका ३० वर्षीय छोरा सागबहादुर दोङको शुक्रबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

मेला हेर्न शुक्रबार दिउँसो मन्दिरमा पुगेका दोङ राति शौच गर्न मन्दिर छेउकै खोलामा गएका बेला हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पेटर्वासुगौलीका प्रहरी निरिक्षक महेश बस्नेतले बताए ।

दोङको शव पोष्टमार्टमका लागि शनिवार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । बिहीबार राति पनि जंगली हात्तीले मन्दिरका पुजारीलाई किचेर मारेको थियो  । मन्दिरमा लामो समयदेखि पूजापाठ गर्दै आएका पुजारी बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ वर्षीय कमलेश सहनीलाई हात्तीले कुल्चेर मारेको हो । 

पूजारी सहनी मन्दिरनजिकैको खोलामा गएका बेला उनलाई हात्तीले किचेर मारेको थियो । पुजारीको शव शुक्रबार मन्दिर नजिकै रहेको खोलाको झाडीमा फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए  । 

गत साल पनि मन्दिरमा लागेको मेला हेर्न गएका निचुटाका एक तीर्थयात्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियोे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.