'माओवादीसँग पचास-पचास प्रतिशतमा एकताको सहमति भएको छैन'

'माओवादीसँग पचास-पचास प्रतिशतमा एकताको सहमति भएको छैन'

विराटनगर: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्र सँग ५०-५० प्रतिशत भागबण्डामा एकता गर्ने कुनै सहमति नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै खनालले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने स्पष्ट पारे । बाँकी कुरा सबै सञ्चारमाध्यमको हल्लामात्रै भएको उनले जिकिर गरे । 

वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए ।

उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पारे । 'दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको छ', खनालले भने, 'प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहेको छ ।'

एक प्रश्नको जवाफमा उनले सचिव सरुवाबारे कोही पनि कहिले पूर्ण सन्तुष्टि नहुने बताउँदै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुने दाबी गरे । 

'वाम गठबन्धनको सरकार भर्खरै निर्माण भएको छ', उनले भने, 'जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले द्रुत गतिमा काम गर्छ ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.