ला लिगामा बार्सिलोना ३९ औँ खेलसम्म अपराजित, उपाधि होड झन् बलियो

ला लिगामा बार्सिलोना ३९ औँ खेलसम्म अपराजित, उपाधि होड झन् बलियो

काठमाडौँः स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तरगत शनिबार राति भएको खेलमा एफसी बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । 

ला लिगामा आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ३९ खेलसम्म पु¥याउने क्रममा बार्सिलोनाले यो सिजनको उपाधि होड पनि झन् बलियो बनाएको छ । 

शनिबार रातिको खेलमा भ्यालेन्सियालाई हराउने क्रममा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले पहिलो गोल गरे । उनले खेलको १५ औँ मिनेटमा कोटिन्होको पासमा खाता खोलेका थिए । 

त्यसैगरी अर्को गोल डिफेन्डर स्यामुएल युमिटिटीले खेलको ५१ औँ मिनेटमा गरे । योसँगै बार्सिलोनाले २–० को अग्रता लिन सफल भयो । 

पराजित भएको भ्यालेन्सियाका लागि डानियल पारेजोले खेलको ८७ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे । यो जितसँगै बार्सिलोनाले ३२ खेलबाट ८२ अंक जोडेको छ । 

पराजित भएको भ्यालेन्सियाले पनि ३२ खेलबाट ६५ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा एट्लेटिको मड्रिड ६८ अंकसहित र चौथो स्थानमा रियल मड्रिड ६४ अंकसहित रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.