सिन्धुलीमा विस्तार हुँदै अलैंचीखेती

सिन्धुलीमा विस्तार हुँदै अलैंचीखेती

सिन्धुली : सिन्धुलीको महाभारत क्षेत्रमा मात्र गरिँदै आएको अलैंचीखेती पछिल्लो समय कमलाखोंच क्षेत्रमा समेत विस्तार गरिएको छ। कालो सुनका रूपमा परिचित अलैंचीलाई सिन्धुलीको दूधौली नगरपालिकाको अरुणठाकुर क्षेत्रमा व्यावसायिक खेती गर्न थालिएको छ।

दूधौली नगरको अति विकट मानिने अरुणठाकुरका पाँच जना किसानले यस वर्षबाट व्यावसायिक रूपमा अलैंचीखेती सुरु गरेका हुन्। जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा स्थानीय पाँच जना किसानले दुई बिघा १० कठ्ठा क्षेत्रफलमा अलैंचीखेती सुरु गरेको किसान रुद्रबहादुर सुनुवारले बताए। ‘प्राविधिकसँगको छलफल तथा अध्ययनपछि कमलखोंच क्षेत्रमै पहिलोपटक व्यावसायिक रूपमा अलैंचीखेती सुरु गरेका हौं', उनले भने।

गाउँमा वडा अध्यक्ष मिलन सुनवारको समेत सहयोगमा अलैंचीखेती सुरु गरिएको उनको भनाइ छ। 'परम्परागतरूपमा धान, मकैं, गहुँलगायत बाली लगाउँदै आएका पाँच जनाले सामुहिक रूपमा दुई बिघा १० कठ्ठा क्षेत्रफलमा इलामबाट बिरुवा मगाएर अलैंचीखेती सुरु गरेका हौं', उनले थपे। समुद्रीसतहभन्दा सात सय मिटरमाथि रहेको कन्याटारमा अलैंचीखेती सुरु गरेपछि थप किसान समेत अलैंचीखेतीतर्फ आकर्षितत हुन थालेका छन्। रुद्रबहादुर सुनुवारसँगै प्रेम सुनुवार, इन्द्रबहादुर सुनुवार, अर्जुन सुनुवार, लोकबहादुर सुनुवारले पनि अलैंचीखेती थालेका छन्।

राम्रो आम्दानी हुने भएपछि आफूहरू अलैंचीखेतीतर्फ आकर्षित भएको प्रेमबहादुर सुनुवारले जानकारी दिए। 'आगामी वर्षबाट अलैंचीको उत्पादन सुरु हुने र सामान्य घरखर्च टार्न समेत विदेशी भूमिमा दुःख गर्न जानुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै युवा मिलेर अलैंचीको व्यवसायिक खेती थालेका हौं,' प्रेमबहादुरले भने। सामान्यतयाः अलैंची रोपेको तीन वर्षमा आम्दानी लिन पाइन्छ। रोपेको तीन वर्षपछि फलदिने यसले दुई सालमै राम्रो बोट आएको कृषक रुद्र सुनुवार बताए। यसअघि जिल्लाको जलकन्या, भद्रकाली, रतनचुरा, अमले, बितिजोरलगायत ठाउँमा अलैंचीको व्यावसायिक खेती हुँदै आएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.