सुनकोसीमा डुबेर बेपत्ता युवाको शव भेटियो
सिन्धुपाल्चोक: नयाँ वर्षको दिन सुनकोसीमा डुबेर बेपत्ता भएका एक युवाको शव आइतवार भेटिएको छ। नयाँ वर्ष २०७५ मनाउन सुकुटेस्थित सुनकोसीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनकोसी गाउँपालिका निवासी १८ वर्षीय रुपेश खड्काको शव भेटिएको हो ।
युवक डुबेपछि उद्दारका लागि जनपथ र सशस्त्र प्रहरीको टोलीले उद्धार प्रयास गरेको थियो । उनको शव आइतवार सशस्त्र प्रहरी बल बिपद् ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोर टोलीले सुनकोसीबाट निकालेका हुन् ।
युवकको खोजीका लागि सिन्धुपाल्चकोस्थित सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोली पनि परिचालित भएको थियो ।
पढ्नुस्: नयाँ वर्ष मनाउन गएका युवा सुनकोसीमा डुबेर बेपत्ता