सुरु भएन तमैल पुलको काम

सुरु भएन तमैल पुलको काम

बझाङ : ठेकदार कम्पनीसँग भएको सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न गरी सक्नुपर्ने सेती नदीको तमैलमा पक्की पुलको काम अहिलेसम्म सुरु हुन सकेको छैन। समयमै काम सम्पन्न नहुँदा ११ करोड २५ लाखको लागतमा निर्माण हुने पुल  अलपत्र परेको हो।

तीन वर्ष अगाडी एच के कन्स्ट्रक्सन प्रालीले तमैल पुल र्निमाणको ठेक्का लिएको थियो।हालसम्म कामको सुरसारै नभएपछि स्थानीय गुनासो गर्न थालेका छन्। पुल सम्पन्न गर्ने समय आउन लागिसक्यो तर अहिलेसम्म कुनै कामको सुरसार नहुनु ठेकदारको गैर जिम्मेवारी हो, कालुखेतीका शिवराज जोशीले भने,' ठेक्का लिने तर काम नगर्ने ठेकदारलाई सम्बन्धित निकायबाट कारबाही गर्नुपर्छ। 

८० मिटर लम्बाई रहेको पुलको जग खन्दा ५ मिटर तल ठूल्ठुला ढुंगा लागेपछि गतसालबाटै काम रोकिएको ठेकेदारका प्रतिनिधि एगेन्द्र कुँवरले बताए। पुलको काम आजसम्म आधा भएसक्थ्याे, कुँवरले भने,'  पुलको जग खन्दा ढुंगा लागेपछि काम गर्न सकिएन। माटो परिक्षण गर्ने कन्सल्टेन्टको गलत रिर्पोटका कारण गलत डिजाइन भएकाले काम गर्न समस्या भएको उनले बताए।

तमैलको पुल डिजाइन परिर्वतन गरेमात्र काम गर्न सजिलो हुने कुँवरले बताए। यहिलेको डिजाइनमा काम गर्न नसकिने भनेर विभागमा जानकारी गराइसकेको पनि ठेकदार कुँवरले जानकारी दिए । यस्तै डिजाइनको पुल चैनपुरको पानकोटमा पनि  काम गर्न नसकेपछि अहिले रि डिजाइन गरी काम सुरु गरिएको छ ।

पाईल स्टमको पुल तराईका लागि राम्रो हो, जिल्ला समन्वय समितिका सब-ईन्जिनियर हरि शंकर जोशीले भने,' बझाडमा पनि यस्तै डिजानको पुल गर्न लगायो जसका कारण चैनपुर तमैल र झनानामा बन्ने तीनवटै पुल यसकै कारणले ढिलाइ भएको छ।
 
हालको डिजाएनबाट ठेकदारले काम गर्न नसकिने भनेर पुल बनाउनमा कुनै चाँसो नदेखाएपछि ११ करोडको तमैलको पुल अलपत्र पर्ने देखिन्छ।तमैलमा पुल पर्ने भनेर खुशी भएका छान्नाबासी अहिले निरास छन्। सेती नदीमा पुल नभएकाले हिउँदमा काठको पुल तर्न बाध्य छन्। उनीहरु जिल्ला आउनु परे बाजुरा डोटी भएर खोपडे बझाड सडक बाटोहुँदै सदरमुकाम आउने गर्दछन्। 

खोड्पे बझाड जयपृथ्वी राजमार्गसँग जोडिने तमैललगायत झनाना र चैनपुरमा पनि सेती नदीमा पुल नहुँदा सेतीपारीका थलारा, खप्तड छान्ना , मष्टा , तल्कोट , काडा गाउँपालिकामा सडक र्निमाण गरिएको भएपनि पुल नहुँदा यहाँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु लिनका साथै आवत जावतमा पनि समस्या छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.