काठमाडौंका सात स्थानमा मात्र कार्यक्रम र प्रदर्शन गर्न पाइने : रत्नपार्क र माइतीघरमा प्रदर्शन गर्न रोक

काठमाडौंका सात स्थानमा मात्र कार्यक्रम र प्रदर्शन गर्न पाइने : रत्नपार्क र माइतीघरमा प्रदर्शन गर्न रोक

काठमाडौं : सरकारले काठमाडौंका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्ने ठाउँ तोकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं जिल्ला सुरक्षा समितको बैठकले कार्यक्रम र प्रदर्शन स्थाल तोकेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार खुलामञ्च, तीनकुने खुलाचौर, भुईंखेल चौर (भगवान पाउ), पेप्सीकोला खुलामैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला मैदान र सिफल चौर गौशालामा सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने छ। 

वैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शन गर्न पाइने जानकारी शर्माले दिए।  

गृहमन्त्री रामबहादुर थापा ‘बादल’  ले गृह प्रशासन सुधार कार्ययोजनाको बुँदा ३१ मा विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्ने र तोकिएको स्थानमा मात्रै प्रदर्शन गर्न पाउने उल्लेख गरेका थिए। साही योजना कार्यान्वयनका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.