दाजुले छेडे भाइको जिब्रो

दाजुले छेडे भाइको जिब्रो

बोडे (भक्तपुर) : भक्तपुरको बिस्केट जात्राअन्तर्गत आइतबार मध्यपुर थिमीको बोडेको जिब्रो छेड्ने जात्रामा दाजुले भाइको जिब्रो छेडेका छन्। मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनसामुन्ने दाजु कृष्णचन्द्र बाग श्रेष्ठले सहोदर भाइ बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेडेका हुन्। गत वर्ष पनि उनले भाइको जिब्रो छेडेका थिए। 

बुद्धकृष्णले छैटौं पटक आफ्नो जिब्रो छेडाएका हुन्। उनले १० वर्षअघिसम्म लगातार चारपटक जिब्रो छेडेका थिए। तर, पाँचौंपटक जिब्रो छेड्न नपाउँदै घरमा जुठो परेको थियो। दाजु कृष्णचन्द्रले पनि भाइ बुद्धकृष्णले इच्छा व्यक्त नगरेसम्म १२ पटक लगातार जिब्रो छेडाएका थिए।

आइतबार ऐड्ढया पनि भन्न नपाउँदै करिब एक फिट लामो फलामे सुइरोले कृष्णचन्द्रले बुद्धकृष्णको जिब्रो छेडे। मुखले ऐड्ढया भन्न नपाए पनि बुद्धकृष्णको शारीरिक प्रतिक्रिया हेर्दा उनको जिब्रो छेड्दाको दुखाइ सहज नभएको बुझ्न सकिन्थ्यो। विक्रम संवत्नुसार नयाँ वर्षको भोलिपल्ट प्रत्येक वर्ष बोडेमा जिब्रो छेड्ने जात्रा निरन्तर चल्दै आएको छ। जात्राको प्रचलनअनुसार बुद्धकृष्णले तीन दिनदेखि केही नखाई व्रत बसेका हुन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नुहुन्न भन्ने चलन छ। जिब्रो छेड्दा थप पीडा नहोस् भनेर बुद्धकृष्णले साता दिनअघि नै नून खाएका थिएनन्।

भक्तपुर बुद्धकृष्ण) छैटौंपटक जिब्रो छेडेपछि महादीप बोकेर बोडे नगर परिक्रमा गर्दै बुद्धकृष्ण बाग श्रेष्ठ। तस्बिर : ईश्वरकाजी खाइजू
 

जिब्रो छेड्नुअघिका विधिविधान सम्पन्न भएपछि आइतबार पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा जिब्रो छेड्ने नाइके प्रधान हरिचन्द्र बाग श्रेष्ठ र कर्मी नाइके कृष्णचन्द्र बाग श्रेष्ठ उपस्थित थिए। बुद्धकृष्ण मञ्चमा उपस्थित भएपछि पुनः नाय्खीँ बाजाकै तालमा करिब एक फिट लामो फलामे सुइरो हात लिएर नकर्मी प्रधान सर्वसाधारणलाई देखाउँदै मञ्च उक्लिएका थिए। 

नकर्मीले उक्त सुइरो महिना दिनअघिदेखि तेलमा डुबाएर राख्ने चलन छ, यसो गर्दा फलाममा खिया लाग्दैन। जिब्रो छेडिसकेपछि बुद्धकृष्णले उभिएर त्यहाँ उपस्थित सबैलाई अभिवादन गरेका थिए। अभिवादनपछि बालिएको महादीप बोकेर बुद्धकृष्णले करिब एक घण्टा बोडे सहर परिक्रमा गरेका छन्।

सुइरो झिकिएको ठाउँ बोडेकै महालक्ष्मी मन्दिरमा परिक्रमा समापन गरियो। सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राखिएको थियो। जिभ्रोमा माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३÷४ दिनमै निको हुने जनविश्वास छ।

मध्यपुर क्षेत्रमा सिन्दूर जात्रा

यसअघि आइतबार बिहान मध्यपुर थिमी नपाको बालकुमारी, नगदेश र चपाचो क्षेत्रमा सिन्दूर जात्रा हर्षोल्लाषसाथ मनाइएको छ। बालकुमारी मन्दिर परिसरमा दक्षिण बाराही, विष्णुवीर र सिद्धिकाली गणका २३ वटा खटलाई बालकुमारी, चलाखु, दिगुटोललगायत टोलमा परिक्रमा गराइएको थियो। बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा सिन्दूर छर्कने गर्छन्। 

त्यस्तै, नगदेशमा सिद्धि गणेश जात्रा मनाइएको छ। नगदेशस्थित सिद्धि गणेशलाई खटमा राखेर नगदेश सहर परिक्रमा गराइएको थियो। उक्त जात्रामा पनि जात्रालुले सिन्दूर छर्केका थिए। मध्यपुर थिमी क्षेत्रमा मनाइने बिस्केट जात्राको प्रमुख विशेषता भनेकै जात्रामा सहभागी भक्तजनले एकापसमा सिन्दूर छर्कनु रहेको छ।

भक्तपुर जात्रामय

भक्तपुरमा भने महाकाली र महालक्ष्मी तथा ब्रह्मायणी र माहेश्वरीको खट एकापसमा जुधाएर जात्रा गरिएको छ। त्यस्तै, भक्तपुर र मध्यपुर थिमी नगरका आसपासका साविक गाविस दधिकोट, गुण्डु, नंखेल, चित्तपोल, ताथली, सुडाल, छालिङ, झौखेल र दुवाकोटमा स्थानीय अष्टमातृका, भैरव र गणेशको खट घुमाएर बिस्केट जात्रा मनाइएका छन्। आठ दिन-नौ रात लामो बिस्केट जात्राअन्तर्गत वैशाख ५ गतेसम्म भक्तपुर जात्रामय रहनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.