पुलिसले ट्यांकर चालक कुटेपछि पेट्रोलियम ढुवानी रोकियो

पुलिसले ट्यांकर चालक कुटेपछि पेट्रोलियम ढुवानी रोकियो

वीरगन्ज: यहाँस्थित रक्सौल नाका एकजना ट्यांकर चालकलाई पुलिसले कुटेपछि पेट्रोलियम ढुवानी ठप्प भएको छ । रक्सौल नाकास्थित ईनरूवा प्रहरी चेक पोष्टका ईन्चार्ज सई बिनोद मल्‍लिकले एकजना ट्यांकर चालकलाई कुटपिट गरेको विरोधमा पेट्रोलियम ढुवानी ठप्प पारिएको हो । 

ना ३ ख ९६३९ नम्बरका ट्यांकर चालक सन्तोष प्रसाईलाई सई मल्लिकले कुटपिट गरी ४ घण्टा नियन्त्रणमा लिएको विरोधमा मजदुरहरूले इन्धन ढुवानी ठप्प पारेका हुन् ।

कुटपिट गर्ने सई मल्लिकलाई कारवाही नगरेसम्म तेल ढुवानी नगर्ने अडान मजदुरहरुले लिएका छन् । त्यसैगरी सरकारबाट सुरक्षाको प्रत्याभूति नभएसम्म ट्यांकर नचलाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (एनओेसी) रक्सौल ट्यांकर ईकाई अध्यक्ष पशुपति पाठकले बताए ।

'हाम्रा माग सम्बोधन नगरिएसम्म यस नाकाबाट चल्ने साढे ७ सय ट्यांकर चालकहरू काममा फर्किँदैनन्', उनले भने । 

आइतबार साँझ ६ बजे नेपाल आयल निगमको रक्सौलस्थित पार्किङमा ट्यांकर ब्याक गर्दैगर्दा सडक जाम गरेको भन्दै सई नेतृत्वको टोलीले चालक प्रसाईमाथि हातपात गरेको दाबी मजदुरहरुले गरेका छन् । 

'गाडी ब्याक गर्दैथिएँ, मेरो गाडीले कसैलाई अवरोध गरेको थिएन', प्रसाईले भने, 'त्यही बेला तलाईँ किन हतार भन्दै गालिगलोज गरेर ढोका खोल्न भनेपछि खोलिदिएँ । कागजपत्र दिँदा पनि छाडेनन्, कठालोमा समातेर दुईजनाले अन्धाधुन्ध पिट्न थाले ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.