नबिल इन्भेष्टमेन्टको एप सार्वजनिक
काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकले अत्याधुनिकसहितको 'नबिल इन्भेष्ट एप' सार्वजनिक गरेको छ।हाललाई गुगलमा मात्र उपलब्ध यो एप आइअोएसमा पनि चाँडै उपलब्ध हुने बैंकले बताएको छ।
यो एपबाट नबिल इन्भेष्टमेन्टको डी-म्याट खाता,पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सामूहिक लगानी कोष, सेयर बाँफफाँट, सेयर बजार तथा समसामयिक सूचना प्राप्त गर्न सकिन्छ।
आगामी दिनमा एप्समार्फत डि-म्याट खाता खोल्ने तथा अनलाइन पेमेन्ट गर्न सक्नेजस्ता अत्याधुनिक सुविधा सञ्चालन गर्ने योजना रहेको नबिल इन्भेष्टमेन्ट बैङ्किङका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले जानकारी दिए।