आईपीएलः कोलकातासँग दिल्ली ७१ रनले पराजित, सन्दीपले मौका पाएनन्

आईपीएलः कोलकातासँग दिल्ली ७१ रनले पराजित, सन्दीपले मौका पाएनन्

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ । 

इडेन गार्डेनमा भएको भिडन्तमा २०१ रनको चुनौती पछ्याएको दिल्ली १४.२ ओभरमै अलआउट हुँदै १२९ रनमा समेटिएपछि ७१ रनको पराजय भोग्न बाध्य भएको हो । 

दिल्लीका लागि गेलेन म्याक्सवेलले २२ बलमा सर्वाधिक ४७ रनको योगदान दिए । त्यसैगरी रिसभ पन्तले २६ बलमा ४३ रन जोडे । दिल्लीका कप्तान गौतम गम्भीरको पूर्वक्लबविरुद्धको प्रदर्शन विसर्न लायक रह्यो । उनले ७ बलमा ८ रन मात्रै जोड्दै पेभेलियन फर्किए । 

दिल्लीको तर्फबाट आजको खेलमा पनि नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अवसर पाउन सकेनन् । दिल्लीका अन्य बलर पनि कोलकातालाई ठुलो स्कोर बनाउनबाट रोक्न असफल रहे । कोलकाताका लागि कुलदीप यादव र सुनिल नारिनले समान तीन–तीन विकेट लिन सफल भए । 

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले घरेलु मैदानमा पुरै २० ओभर खेल्दै २०० रन बनाएको थियो । यो स्कोरका लागि नितिश रानाले सर्वाधिक ५९ रन बनाए । आन्द्रे रसेलले ४१ र रभिन उथप्पाले ३५ रनको योगदान दिए । क्रिसले लेएनको नाममा ३१ रन रह्यो । 

पराजित दिल्लीका लागि राहुल टिवैटाले ३ विकेट लिन सफल भए । त्यसैगरी बोउल्ट र क्रिस मोरिसको नाममा २–२ विकेट रह्यो । 

दिल्लीको यो तेस्रो हार हो । चार खेल खेलेको दिल्ली ३ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसहित तालिकाको पुच्छरबाट दोस्रो स्थानमा छ । सबैभन्दा पुच्छरमा मुम्बई इन्डियन्स सबै तीन खेल गुमाउँदै अंकविहीन छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.