दाङलाई राजधानी बनाउनेबारे महराको कुटनीतिक जवाफ

दाङलाई राजधानी बनाउनेबारे महराको कुटनीतिक जवाफ

एकीकृत विकासमा साझा पहल 

गोपाल शर्मा 

घोराही: संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङको एकीकृत विकासका लागि साझा पहल र ठोस योजनाको आबश्यक रहेको बताएका छन् । 

उनले ठोस योजना र दीर्घकालिन योजनालाई लिएर अघि बढन सके एकीकृत विकासमा सहज हुने बताए । जिल्ला समन्वय समिति दाङले मंगलबार घोराहीमा गरेको दाङको समृद्धिका लागि दूरदर्शी योजना विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताएका हुन । उनले अबको गन्तव्य समृद्ध दाङ भएको बताए ।  

विकासका लागि बजेटको अभाब नहुने तर काममा ढिलाईले समस्या निम्तिएको भन्दै सभामुख महराले अब विकासको युग आएको दाबी गरे । उनले रणनैतिक महत्वका विषयलाई प्राथमिकतामा राखेर अब बिकासलाई अघि बढाउने प्रतिबद्धता जनाए । 

दाङलाई अन्तरजिल्ला जोड्ने गरी अबको विकासलाई केन्द्रित गर्ने र त्यसले आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने उनको भनाई छ । सभामुख महराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विवादमा ल्याउन खोजिएकोप्रति सचेत रहन आग्रह गरे । 

प्रदेशको स्थायी राजधानी दाङमा बनाउने बिषयमा सभामुख महराले आफुहरु कुटनीतिक र वैज्ञानिक ढंगले अघि बढिरहेको बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अब विविधतासहितको विकास आवश्यक रहेको बताए । 

पुराना अलपत्र परेका योजनालाई पुरा गरेर मात्रै अन्यतर्फ हात हाल्ने बताए । अभाब र पछि परेका स्थानको छनोट गरेर मात्रै अघि बढ्ने बताए । साथै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अब प्रकृगत ढंगबाट अघि बढ्ने र बिबादको बिषय नै नभएको बताए । अब केन्द्र स्तरको प्रतिष्ठान, प्रदेश स्तरको अञ्चल अस्पताल र लमही अस्पताललाई तात्कालिक उपचार केन्द्रकारुपमा बिकास गरिने पोख्रेलले बताए । 

कार्यक्रममा सहभागि दाङका जनप्रतिनिधीहरुले जिल्लाको समग्र विकासका लागि प्राथमिकताका आधारमा योजना तथा कार्यक्रमको तय गर्ने बताएका छन । दाङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा स्थानीयतहका प्रमुखहरुले पहिचान र प्राथमिकताका आधारमा अबको बिकास गरिने बताए । 

सांसद तथा स्थानीय तहका प्रमुखहरुले विकास गर्नुपर्ने क्षेत्रको पहिचान गरेर साझा बिकास अबधारणबाट अघि बढ्ने बताए । उनीहरुले ५ वर्षभित्र नागरिकलाई अनुभुति दिने गरि काम गर्ने बताउँदै त्यसका लागि सबै एक भएर अघि बढ्नु पर्ने बताए । 

जनतासँग गरेका बाचा र विकासका आवश्यकतालाई केन्द्रमा राखेर आफुहरुले नीति तथा कार्यक्रम बनाउने बताएका थिए । दाङलाई सबै विषयगत क्षेत्रको हबका रुपमा बिकास गर्न सकिने भन्दै उनीहरुले एकीकृत विकासका लागि साझा सोचको आबस्यक रहेको बताए । 

स्थानीय तहका प्रमुखहरुले केन्द्रबाट आएका योजनाहरु अहिले पनि अलपत्र रहेको भन्दै गुनासो गरेका छन् । केन्द्रिय योजनाका फाईलहरु मन्त्रालयमै अलपत्र पर्नु राम्रो नभएको उनीहरुको भनाई थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.