नुहाउने क्रममा डुबेर दुईको मृत्यु

नुहाउने क्रममा डुबेर दुईको मृत्यु

लोकराज रिजाल

दमक : झापा र मोरंगमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।झापाको शिव–सताक्षी नगरपालिका-५ शिवगन्जस्थित कन्काई नदीमा मंगलबार नुहाउने क्रममा डुबेर स्थानीय २५ वर्षीय काठु ताजपुरियाको मृत्यु भएको छ।

ताजपुरियालाई दिउँसो दुई बजे स्थानीयवासीले नदीमा डुबेको अवस्थामा मृत भेटेका थिए।घटनास्थल मुचुल्कालगायतका कानूनी प्रकृया सम्पन्न गरी शव पोष्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ।

त्यस्तै मोरङको पथरी–शनिश्चरे नगरपालिका ४ स्थित पूर्वे खोलामा नुहाउन गएकी एक बालिकाको मंगलबार डुबेर मृत्यु भएको छ।मृत्यु हुनेमा पथरी–शनिश्चरे नगरपालिका–४ सोमबारे बस्ने रामबहादुर खत्रीकी ७ वर्षीया छोरी सुमेरुका खत्री रहेकी छिन।

मंगलबार दिउँसो साथीसँग नुहाउन गएकी सुमेरुका खोलामा डुबेपछि उनलाई उद्दार गरी उपचारका लागि पथरी अस्पताल ल्याइएको थियो।बालिकाको सोही अस्पतालमा अपरान्ह ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.