११ हजार भोल्टेजको करेन्ट जमिनमा प्रवाह भएपछि...
![११ हजार भोल्टेजको करेन्ट जमिनमा प्रवाह भएपछि...](https://annapurnapost.prixacdn.net/media/albums/20180418072814_buffalo_ox_YmtMzKMKPT.jpg)
राजविराज : हावाहुरीका कारण बिजुलीको पोल भाँचिएर करेन्ट जमिनमा प्रवाह हुँदा तीन महिला घाइते भएका छन्। कन्चनरुप नगरपालिका १० स्थित बदगामा बुधबार करेन्ट लागेर कञ्चनरुप १० की ४० वर्षीया मन्जुदेवी यादव, २८ वर्षीया रीनादेवी यादव र २८ वर्षीया रम्भादेवी यादव घाइते भएकी हुन्।
घाइते तीनै जनाको कञ्चनरुप १२ धरमपुरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।
करेन्ट लागेर सोही गाउँको सन्जय खड्काको एउटा ब्याउँने भैसी र एउटा गोरुको मृत्यु भएको छ। मङ्गलबार राति आएको हावाहुरीपछि ११ हजार भोल्टेजको करेन्ट जमिनमा प्रवाह भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)