सडक आन्दोलन गर्न नदिनु सरकारको फाँसीवादी निर्णय : वैद्य

सडक आन्दोलन गर्न नदिनु सरकारको फाँसीवादी निर्णय : वैद्य

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सडकमा आन्दोलन गर्न नदिने सरकारको निर्णयलाई फाँसीवादीको संज्ञा दिएको छ । गृहमन्त्रालयको निर्णय अनुसार काठमाडौं जिल्ला प्रशासनले काठमाडौंका सात स्थानबाहेक अन्य क्षेत्रमा कार्यक्रम र प्रदर्शन गर्न नदिने निर्णयको आलोचना गर्दै यस्तो बताएको हो । 

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी काठमाडौं जिल्ला समितिले विज्ञप्ति सार्वजनिक गर्दै उक्त निर्णय सच्याउन माग गरेको हो । 
‘क्रान्तिकारी माओवादी, काठमाडौं जिल्ला समिति राज्यको यस प्रकारको फाँसीवादी निर्णयको भत्सना गर्दै सो निर्णय तुरुन्त सच्याउन माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘जनताको विद्रोह गर्ने अधिकारको सम्मान गरी धर्ना, जुलुस र प्रदर्शनको नैसर्गिक अधिकारको विपरित कुनै सीमा नतोक्न अनुरोध गर्दछ ।’

वैद्य माओवादीले सरकारको यो निर्णयले सरकार अधिनायवादतर्फ उद्यत भएको आरोप समेत लगाएका छन् । ‘काठमाडौं जिल्लाका सातवटा स्थान बाहेक अन्य स्थान वा सडकमा कुनै धर्ना, जुलुसलगायत प्रदर्शन गर्न नपाउने गरी आएको सर्वाजनिक सूचना शान्तिपूर्ण भेला हुन पाउने संविधान प्रदत्त हकलाई कुण्ठित गर्ने, अभिव्यकित स्वतन्त्रता र विद्रोह गर्ने जनताको नैसर्गिक अधिकारको विरुद्ध र लोकतान्त्रिक मूल्य मान्यता विपरित कदमको रुपमा लिँदै यस परिघटनाले सरकार अधिनायवादी शासन लाद्ने प्रक्रियामा उद्यत रहेको संकेतको रुपमा लिएका छौं’, विज्ञप्तिमा भनिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.