युएईमा आज १४ औं राष्ट्रिय कराटे प्रतियोगिता हुने
युएर्इ : युएईमा १४ राष्ट्रिय कराटे प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाली खेलाडीहरुको पनि सहभागिता भएको छ । एभरेष्ट मार्सल आर्ट ट्रेनिङ युएई का बिभिन्न ठाँउमा छरियर रहेका मार्सल आर्टका नेपाली खेलाडीलाई एकजुट गराई उक्त प्रतिष्पर्धामा सामेल गराएको हो ।
नेशनल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको एभरेष्ट क्लबका टिमका प्रमुख प्रशिक्षक तथा एभरेस्ट मार्सल आर्टस एन्ड स्पोर्ट्स क्लबका टेक्निकल डाइरेक्टर रबि शाहीले नेपाली खेलाडीको सहभागिताले नेपालीमा उत्साह थपिएको जानकारी दिए ।
उनले आज दिउँशो सुरु हुने नेस्नल कराते चेम्पिनसिपमा युएईमा रहेका सम्पूर्ण सबै नेपाली समुदायलार्इ उक्त खेलमा सहभागी हुन अग्रह गरेका छ।
उक्त खेलमा पबित्र भण्डारी टिम मेनेजरको रुपमा रहेका छन् । त्यस्तै प्रमुख कोचको रुपमा रबि शाही, अफिसलमा हिरालाल श्रेष्ठ, मदन अधिकारी, भानु भक्त पौडेल रहेका छन् ।
कोचमा पर्शुराम घिमिरे र गणेश बहादुर खत्री (जि.के. दङ्गाली), रेफ्रीमा रबि शाही, बिशाल पुन मगर, प्रेम श्रेष्ठ रहेका छन् । त्यस्तै खेलाडीहरुमा मेन अफ म्याच, २०१७ का कुमार भुसालसहित बिजय तामाङ, बिनोद राइ, दिनेश सिङ यैयार, सुरज पोख्रेल, किन्जल श्रेष्ठ, आस्ना पाण्डे, राम लामा, लक्ष्मण थापा, नबिन श्रेष्ठले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् । खेलाडीको लागी एनआरअनए( यु ए ई ) नेवा पुच, हिमालयन यरलाइन्स र मनोज गोर्खालीले स्पोन्सर गरेका छन् ।
त्यस्तै ११ मे २०१८ मा हुने बुदोकान कराते च्याम्पियनसिपमा पनि उक्त टिमले नै सहभागिता जनाउने भएको छ ।