जग्गा विवादका उजुरी बढे

जग्गा विवादका उजुरी बढे

सिन्धुली : सहरीकरण बढ्दै जाँदा सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा जग्गासम्बन्धी विवाद बढ्दै गएको छ । नगरक्षेत्रको खेतीयोग्य जमिनमा आवास निर्माण गर्ने क्रम बढेपछि जग्गासम्बन्धी विवाद बढ्न थालेको नगरपालिकाले जानकारी दिएको छ ।

घर निर्माण र जग्गाको सीमा तथा बाटोको विषयलाई लिएर नगरपालिकामा दैनिक १० देखि २० वटासम्म उजुरी आउन थालेको नगरपालिकाका न्यायिक समितिकी संयोजक तथा उपमेयर मञ्जु देवकोटाले बताइन् ।

‘नापीनक्साअनुसार आफ्नो जग्गा नभएको गुनासो गर्दै छिमेकीले जग्गा मिचेको आरोपमा नगरपालिका कार्यालयमा पछिल्लो समय उजुरी दर्ता गर्नेको संख्या बढेको छ’, उनले भनिन्, ‘नगरमा न्यायिक समिति बनेपछि अहिले दैनिक १० देखि २० वटासम्म उजुरी र गुनासा आउँछन् ।’

उपमेयरको संयोजकत्वमा रहेको न्यायिक समितिले त्यस्ता उजुरीमा मिलापत्र गर्न पाउने अधिकार छ । हालसम्म १५ वटा जग्गासम्बन्धी मुद्दा मिलापत्र गरिएको देवकोटाले बताइन् ।

ऐनले नगरपालिकामा रहेको न्यायिक समितिलाई जग्गा विवाद, घरायसी विवाद, अंगभंगबाहेकको एक वर्षसम्म कैद हुने कुटपिट, गालीबेइज्जती, लुटपाटलगायत मुद्दा मिलापत्र गराउन सक्ने अधिकार प्रदान गरेको छ । सोहीअनुसार उजुरीमाथि छलफल गरिँदै आएको उनको भनाइ छ ।

नगरपालिकामा दैनिक १० देखि २० वटासम्म जग्गा विवादका उजुरी आउने गरेका छन् ।

‘नगरमा न्यायिक समिति गठन भएपछि आएका उजुरीमाथि सकेसम्म मिलापत्र गराउने र नसकेका विषयका मुद्दा जिल्ला अदालतमा पठाउन सिफारिस गर्ने गरेका छौं’, उनले भनिन् । सामान्य विवाद पनि अदालतमा जाने र खर्चिलो हुने समस्याबाट नगरवासी पछिल्लो समय मुक्त भएका छन् । दुवै पक्षबीचको छलफलमा सहज ढंगले मिलापत्र गर्ने गरिएको न्यायिक समितिका आमन्त्रित सदस्य अधिवक्ता टंकध्वज थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.