बिहीबार रातिदेखि अबरुद्ध अन्तराष्ट्रिय उडान सुचारु

बिहीबार रातिदेखि अबरुद्ध अन्तराष्ट्रिय उडान सुचारु

काठमाडौं : मालिन्दो एयरको जहाज दुर्घटनामा परेपछि बिहीबार रातिदेखि त्रिभुवन विमानस्थलमा बन्द भएको अन्तराष्ट्रिय उडान सुचारु भएको छ। मालिन्दोको जहाज बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान बन्द भएका थिए।आन्तरिक उडान भने केही घण्टाअघि नै सूचारु भइसकेको छ।

उडान बन्द भएपछि कयौँ यात्रु अलपत्र परेका थिए। विमानस्थल कार्यालयले बिहीबार रातिदेखि गरेको निरन्तर प्रयासबाट शुक्रबार बिहान सवा १० बजे जहाजलाई धावनमार्गमा तानिएको थियो।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगेर भासिएको थियो। जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठूलो दुर्घटनाबाट भने टरेको छ ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो। मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा थियो। 

घटनापछि त्यहाँ तत्लका एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको टोली उद्दारका लागि पुगेको थियो। उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.