दुर्घटनामा दुई महिलाको मृत्यु, तीन घाइते

दुर्घटनामा दुई महिलाको मृत्यु, तीन घाइते

बिर्तामोड : झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ की २० वर्षीया सुनिता लिम्बू र फिदिम नगरपालिका-२ पल्लोटार घर भई हाल दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया माला गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

मेची राजमार्गअन्तर्गत बुद्धशान्ति–७ स्थित किटेनीमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ह ८७५८ नम्बरको ट्याम्पुको ब्रेक फेल हुँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते लिम्बूको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। 

घाइते भएका ट्याम्पु चालक मोरङ पथरीशनिश्चरे–३ का ४५ वर्षीय सन्त लिम्बू, बुद्धशान्ति गाउँपालिका–४ का ५३ वर्षीया बुद्धिमाया सुब्बा र ४० वर्षीया भिमकुमारी सुब्बाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

यसैबीच झापामा नै बिहीबार राति घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया माला गुरुङको छतबाट खसेर मृत्यु भएको हो। प्रहरीका अनुसार श्रीमान कुमार गुरुङसँगै दुई तलेमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा खसेको बताइएको छ। कमलाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.