बालिका बलात्कार गर्ने बालकलाई ५ वर्ष कैद
गाईघाट : सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधारगृह बिराटगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवानासहितको फैसला सुनाएको छ।
जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार बलात्कार गरेको आरोपमा यस्तो फैसला सुनाएको हो। ०७४ भदौ १६ गते बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएका थिए।
पीडितको निवेदनपछि बालकलाई प्रहरीले भदौ २० गते गिर्फतार गरेकोमा अदालतले असोज २३ गते पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउने आदेश दिएको थियो।