धर्म परिवर्तन गराउने कार्य सरकारलाई पाच्य हुँदैन : अर्थमन्त्री खतिवडा

धर्म परिवर्तन गराउने कार्य सरकारलाई पाच्य हुँदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा गर्ने कामका नाममा धर्म परिवर्तन गर्नु असैह्य भएको बताएका छन्। सरकार एक्लैले देशको समग्र विकास सम्भव नहुने भएकाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग लिने गरेको तर, सोही आडमा उनीहरु धर्म परिवर्तनमा लागेकाले उक्त कार्य सरकारलाई पाच्य नहुने बताए।

कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारस्थित नैतन धाममा महापति श्री प्राणनाथको चतुर्थ शताब्दी महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल विश्वमै धर्म परिवर्तन गराउने दोस्रो देश भएको आकडा आइरहेको बताए। 

‘खासगरि अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था (आइएनजीओ)ले सामाजिक सद्भाव बिगार्ने काम गरिरहेका छन्’, उनले भने, ‘गरिबी, अशिक्षा, रोग, बालबालिका, वृद्धवृद्धा आदिलाई आधार बनाएर धर्म परिवर्तन गर्ने काम भइरहेका छन्। यो जुन कुनै हालतमा पाच्य र सैह्य छैन।’ 

उनले भविष्यलाई सहयोग गर्न स्थान दिएको तर, आस्थालाई तोडमोड गर्न छुट नदिइएको पनि स्पष्ट पारे। हिंसाले समाजलाई कहीँ कतै नपु¥याउने बताउँदै उनले धर्मका नाममा खुलेका संस्थाले के काम कसरी गरिरहेका छन् तिनका बारे अनुगमन गरिरहेको पनि जानकारी दिए।

राज्यले संविधानतः कुनै पनि धर्मको वकालत गर्न नपाउने अर्थमन्त्री खतिवडाले बताए। धर्मलाई जानेर, बुझेर साथै स्वेच्छा र विवेकले अपनाउनुपर्ने भए पनि नेपालमा पछिल्लो समयमा गरिबी, अभाव र बाध्यताबीच अपनाउन लगाउने प्रवृत्ति बढेकोमा सरकार गम्भीर हुनु परेको उनको भनाइ छ।

‘धर्म लिन सजिलो तर पालन गर्न कठिन छ’, उनले भने, ‘अन्ततः हामीले खोजेको सम्वृद्धि हो जुन भौतिक विकासले मात्र सम्भव छैन तर धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्वृद्धिमा रम्न सबै नागरिकलाई स्वतन्त्रता छ, यसमा कसैको कर र डर आवश्यक हुँदैन।’ 

कृष्ण प्रणामीका जगद्गुरु कृष्णमणिजी महाराजले प्राणनाथले चार सय वर्षअघि समुद्र पार गरेर धार्मिक कट्टरतालाई चिरेर सुल्तानलाई समेत वसुदैव कुटुम्बकम्को सन्देश दिएको सम्झना गरे। उनले भने, ‘धर्मका नाममा अत्याचारलाई अन्त्य गर्न उहाँले भारतका तत्कालीन शासकलाई पनि सुझाव दिएर आफू पनि लाग्नुभएको थियो। जुन अहिले नेपालमा आवश्यक देखिएको छ।’ 

श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मदनकृष्ण शर्माले प्राणनाथका बारेमा महोत्सवका सातै दिन प्रवचन हुने, प्राणनाथ जन्मेको चार सय वर्ष पुगेकाले चार सय पिन्ट रक्तदानमार्फत् संकलन गर्ने, किड्नी, हाड, आँखा आदिका शिविर चलाउने आदि काम हुने जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.