धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

दमक : मोरङको सुनवर्षी–नगरपालिका–७ मा धारिलो हतियारले घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । ७ वर्षीया बालिका आफ्सना खातुनको हत्या भएको हो । 

सुनवर्षी–७ मलदैया टोल बस्ने ताईफुर मियाँको छोरी खातुनको शव घरदेखी अन्दाजी ५ सय मिटर उत्तरमा रहेको मकै बारीमा भेटिएको थियो । उनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो आप्सना घाँस काट्न बारीतिर निस्किएकी थिइन् ।

उनी साँझसम्म घर नफर्केपछि बाबुले खोजी गर्दै जाँदा छोरीको शव मकैबारीमा भेटेका थिए । घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । हत्या कसले गरेको हो भन्ने बारे अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.