मानव बेचबिखन मुद्दामा फेरि पक्राउ परे वडाध्यक्ष

मानव बेचबिखन मुद्दामा फेरि पक्राउ परे वडाध्यक्ष

देवचन्द्र भट्ट

नुवाकोटः मानव बेचबिखन मुद्दामा सर्वोच्चको आदेशपछि रिहा भएका दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको दुर्गम दुप्चेश्वर–१ घ्याङफेदीका ११ महिना अगाडि  निर्वाचित वडाध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई प्रहरीले अर्को मुद्दामा पक्राउ गरेको हो । 

नुवाकोट जिल्ला अदालतबाट गत महिना मात्र उनीविरुद्ध ३७ वर्ष कैद सजाय ठहर भएको थियो । तर, सर्वोच्च अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका उनी मानव वेचविखनसम्बन्धी अर्को मुद्दामा पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सर्वाेच्चको आदेशमा छुटेलगत्तै अर्को मुद्दामा वडाध्यक्ष तामाङ पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसनतवहादुर कुवँरले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । सर्वोच्चबाट छुटे पनि नुवाकोटमा फैसला भइसकेको मुद्दामा उनलाई पक्राउ गरिएको उनले बताए । 

बन्दी प्रत्यक्षीकरण मुद्दामा वडा नम्बर र बाबुको नाम फरक परेको भन्दै सर्वाेच्चले सुनबहादुरलाई छाड्ने आदेश दिएको थियो । उनलाई गत २०६८ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा उनीविरुद्ध ६ वर्ष कैद सजाय तोकिएको थियो । 

त्यस मुद्दाको अभियुक्त आफ्ना बुवा नभएको जनाउँदै सुनबहादुरका छोराले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए ।  गत चैत ७ गते नुवाकोट जिल्ला अदालतले उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

त्यही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो फैसला कार्यान्वायनका लागि आइतबार अदालतमा पेश गर्न लागेको छ । 

उनीविरुद्ध मानव बेचबिखनसम्बन्धी अन्य २ मुद्दामा अदालतमा विचाराधीन छन् । २ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका छन् । वडाध्यक्ष तामाङ २५ वर्षदेखि मानव बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको प्रहरीको अनुसन्धानमा ठहर गरिएको छ । नुवाकोटबाट मात्र उनले २ सयभन्दा धेरै मानवलाई भारतमा पुर्‍याएको प्रहरीको ठहर छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेशसँगै रिहा भएपनि तामाङ पुनः पक्राउ परेका हुन् । 

नुवाकोटकै दुई महिलालाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो । सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो । 

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । १० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ ।

यसपछि गाउँका करिब २ सय महिलालाई बेचेको, यौनगृह चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो । तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घरवाटै पक्राउ गरेको थियो ।  उनी विरुद्ध २०७२ साल कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो । 

उक्त मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सुनबहादुरका बाबुको नाम र स्थायी ठेगाना फरक रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।  उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ । पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो ।

फरार रहँदै आएका तामाङले मानव ओसारपसारको सन्जाल नै फैलाएको स्थानीयको आरोप छ । २०७१ सालमा पनि उनी विरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थिया । त्यो मुद्दामा पनि उनी २०७३ साल चैत्रमा ६ लाख रुपैया धरौटी वुझाएर रिहा भएका थिए ।

मुद्दा जिल्ला अदालतमा विचाराधिन रहेकै क्रममा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको उम्मेदवारी दिई चुनाव जितेका थिए । गाउँमा आफू विरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो । सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो ।

सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका हुन् । उनी विरुद्ध  मानव वेचविखन तथा ओसारपसार सम्वन्धि विभिन्न मुद्धा दायर भएको छ ।

वडाध्यक्ष तामाङ प्रहरीको निगरानीमा रहेका थिए । उनको मुद्दामा जिल्ला न्यायाधिष लोकजंग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीन जनालाई कैदका साथै जरिवाना गर्ने फैसला सुनाएको हो । 

तामाङसहित स्थानीय सुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन तथा टीकाराम तामाङलाई ३० वर्ष कैदका साथै जनहि दुई लाख ५० हजार रुपैया जरिवाना गर्ने फैसला भएको नुवाकोट अदालतका श्रेष्तेदार महिमानसिह विष्टले जानकारी दिए । 

परिवर्तित ३७ ले उनीहरु विरुद्द मानव वेचविखनमा संलग्न भएको जनाउंदै गत २०७१ साल वैशाख ५ गते उजुरी दायर भएको थियो । एउटै मुद्धाका आरोपी अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्धा भने विचाराधिन नै रहेको नुवाकोट अदालतले जनाएको छ । 

मानव वेचविखन मुद्धामा जिल्ला अदालतवाट ठुलो कैद सजाय फैसला भएको यो पहिलो हो ।  मानव वेचविखनजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तामाङलाई गत चैत्रमा कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो । 

घ्याङ्फेदीबाट हराएका सयौं स्थानीयसँग वडाध्यक्ष सुनवहादुर तामाङको नाम जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी नै दिएका छन ।  

सुनबहादुरका छोरा पनि यही मुद्दामा कारागारमा छन । स्थानीयका अनुसार उनका दुई श्रीमतीसमेत हिन्दुस्तानमै रहेका छन ।

उनी तीन वर्षदेखि फौजदारी मुद्धाका क्रममा जिल्ला अदालतवाट तारेख लिदै आएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको दुप्चेश्वर गापा वडा नं. १ का निर्वाचित वडाध्यक्ष ४९ वर्षिय सुनवहादुर तामाङलाई मानव वेचविखन तथा ओसारपसारको आरोपमा मुद्धा खेपिरहेकोमा पक्राउ  गरेर काठमाडौ महाराजगन्ज हिरासतमा राखेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तवहादुर कुंवरले जानकारी दिए ।

तामाङले मानव वेचविखन गरेको आरोपमा गत २०७१ साल वैशाख ५ गतेदेखि नुवाकोट जिल्ला अदालतमा मुद्धा खेपिरहेको नुवाकोट जिल्ला अदालतमा श्रेष्तेदार महिमानसिह विष्टले वताए  ।  यससंगै तामाङले गत वैशाख ३१ गतेको निर्वाचन अगावै  मानव वेचविखन मुद्धा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर निर्वाचित भएको रहस्य खुलेको छ । 

त्यही मुद्दामा तामाङले नुवाकोट जिल्ला अदालत विदुरमा आफैं उपस्थित भएर मासिक रुपमा पेशी लिइरहेका थिए । स्थानीय तहको निर्वाचनमा तामाङ दुप्चेश्वर गापा वडा नं. १ घ्याङफेदीवाट तीनसय ८८ मत ल्याएर वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फवाट निर्वाचित भएका थिए । 

उनले ३७ ले सुनवहादुरसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी वनाएर मुद्दा दायर गरेका थिए ।  एक वर्ष अगाडि पक्राउ परेका तामाङ त्यसवेला ६ लाख रुपैया धरौटी बुझाएर छुटेका थिए । 

फौजदारी मुद्दाका आरोपी वडाध्यक्ष तामाङसहित तीन जनालाई कारवाहीको लागि जिल्ला अदालतवाट अन्तिम मुद्दा फैसला भएको हो ।  वडाध्यक्ष तामाङ मानव वेचविखनको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा रहेका छन् । तामाङ नुवाकोटको सबैभन्दा बढी मानव बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदीका हुन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.