धरानमा खानेपानी अभाव

धरानमा खानेपानी अभाव

धरान : घरमा जडान भएका धारामा पानी आउन छाडेपछि धरानवासी काकाकुल बनेका छन्। एक महिनादेखि धरानका आधाजसो घरका धारामा पानी आउन छाडेको हो।

खानेपानी संस्थान धरानले पानी उत्पादन कम भएको भन्दै वितरणमा कटौती गरेपछि समस्या बढेको स्थानीयको गुनासो छ। संस्थानले दिन बिराएर खानेपानी वितरण गर्न थालेको छ। वडा नम्बर १५ स्थित खोरिया बस्तीमा खानेपानीको हाहाकर मच्चिएको स्थानीय वेदना लिम्बूले बताइन्। भनिन्, ‘संस्थानमा पटक–पटक जाँदा पनि हाम्रो मागको सुनुवाइ हुँदैन।’ पानी नआउँदा बसाइँ सर्नुपर्ने अवस्था आएको गुनासो उनले गरिन्। धारामा पानी नआएपछि संस्थान कार्यालयमा दैनिकजसो डेलिगेसन जाने टोली बढ्न थालेको छ।

धरानका १, २, ८,९, १०, ११, १२, १४, १५, १९ लगायत वडामा पर्याप्त पानी वितरण नगरिएपछि स्थानीय घण्टौं लगाएर बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसे झाडीलगायत स्थानबाट पानी ल्याउन बाध्य भएका छन्।

धरानमा दैनिक ४ करोड लिटर खानेपानी माग भए पनि संस्थानले हाल एक करोड २० लाख लिटर मात्र उपलब्ध गराउँदै आएको छ। धरानमा बसेनि जनसंख्या वृद्धि र निजी धारा थपिँदा खानेपानीको चरम अभाव हुने गरेको धरान–११ का सुवास पौडेलले बताए। धरान–१५ का वडासदस्य ज्ञानेन्द्र बस्नेतले धरानवासीलाई संस्थानले समान रूपले पानी वितरण नगरेको आरोप लगाए।

भौगोलिक समस्याका कारण उकालो भूभाग भएका बस्तीमा पानी आपूर्ति नभएका कारण समस्या भएको विजयपुरका प्रभाव खतिवडाले बताए। भौगोलिक अवस्था हेरेर पानी वितरण गर्नुपर्ने उनको माग छ। होटल एसोसिएसन धरानका पूर्वअध्यक्ष प्रमेश श्रेष्ठले संस्थानले पर्याप्त पानी वितरण नगरेका कारण व्यवसायमा असर पुगेको बताए।

खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठले मुहान नै सुक्न थालेपछि मागबमोजिम पानी वितरण गर्न नसकिएको बताए। पानी फारो गरेर चलाउन उपभोक्तालाई उनले आग्रह गरेका छन्। धरानमा १९ हजार २ सय धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ।

परियोजनामा ढिलाइ

धरान उपमहानगरपालिकाले निर्माण थालेको धरान खानेपानी परियोजना सक्न ढिलाइ भएको छ। एडीबीको १ अर्ब ७० करोड आर्थिक सहयोगमा थालिएको परियोजनाको काम सन २०१७ मै सम्पन्न गर्नुपर्ने थियो तर अझै काम सकिएको छैन। परियोजना समयमा सम्पन्न नभएका कारण धरानमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ। परियोजनाका प्रमुख इन्जिनियर राजु पोखरेलले विजयपुर दरबार क्षेत्रमा खानेपानी ट्यांकी निर्माणमा विभिन्न जातीय संस्थाले अवरोध गरेका कारण काम समयमा सम्पन्न गर्न नसकिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.