नेपाल आइडल अडिसन : 'सन्तानको सपनामा अभिभावकको साथ'

नेपाल आइडल अडिसन : 'सन्तानको सपनामा अभिभावकको साथ'

धरान : पथरिशनिश्चरे नगरपालिका– १ मोरङका राज लोहारका बुवा राजनको सपना छ, छोरालाइ संगीतको शिखरमा पुगेको देख्ने । उनी छोराको इच्छालाइ बुझेर संगीतमा भविष्य खोज्न सघाइ रहेका छन् । शनिबार उनले घरबाट बाटो खर्च दिएर छोरालाइ धरानको विष्णु मेमोरियल उच्च माविमा पठाएका हुन् । जहाँ नेपाल आइडलको दोस्रो सिजनका लागि अडिसन हुँदै थियो ।

पहिलो राउण्डमा छनौट भएपछि भने,‘मेरो सपनामा बुवाको पूर्ण सहयोग छ, छोरा संगीतको माथिल्लो स्थानमा पुगोस भन्ने बुवाको सपनालाइ साकार रुप दिन लागि परेको हँ ।’ स्थानिय पञ्चालय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत राजले ८ वर्षको उमेरदेखि नै संगीत सिक्न थालेका हुन । पूर्वाञ्चल संगीतालयमा उनि नियमित संगीत सिक्छन् । ‘संगीतमा भविष्य खोज्नेहरुका लागि उत्कृष्ट प्लेटफर्म हो, जहाँ आफ्नो क्षमता उजागर गर्ने उपयुक्त अवसर जुर्ने गर्छ,’ उनले भने ।

दमक झापाकी संजीता गुरागाईं काठमाण्डौमा संगीत विषय लिएर पढ्दै छिन । धरानमा अडिसन दिन आइपुगेकी उनी बुवा आमाको सहयोगले सफल हुने विश्वास लिइकी छिन् । उनले संगीत क्षेत्र मन पर्ने हुँदा अभिभावको पूर्ण सहयोग पाइरहेको बताइन । भनिन,‘मेरो इच्छा भएर पनि बुबा, आमाको साथ नभएको भए संगीत पढ्नै पाइँदैन थियो ।’ नेपाली संगीत उद्योगले चम्किने विश्वास लिएकी उनले नेपाल आइडलबाट सिक्न आएको बताइन । ‘जितहार आफ्नो ठाउँमा छ, तर मैले यहाँबाट धेरै सिक्नु छ,’ उनले भनिन् ।

धरानका विवेक घतानीले भर्खर एसईई सकेका हुन । स्थानिय शिक्षा निकेतनमा अध्ययन गर्दा देखि नै गायन प्रतियोगीतामा विजेता भइरहने उनको संगीतमोहलाइ अभिभावकले साथ दिएका हुन् । ग्याजेटमा आधुनिक संगीतको कड सिक्दै सेल्फ स्टडी गरिरहेको बताउने विवेकले बुवाआमाको सहयोगले नेपाल आइडलमा सहभागी हुन आएको बताए ।

राज, संजिता र विवेक मात्र होइन, उल्लेखिय सहभागीले अभिभावको सहयोगले संगीत क्षेत्रमा लागि परेको बताए । शनिवार नेपाल आइडलको दोस्रो सिजनका लागि धरानमा करिब हजार प्रतियोगीले सहभागिता जनाएका छन् ।

नेपाल आइडल विश्वस्तरीय विग रियालिटि–शो हो । नेपालमा पहिलो पटक अघिल्लो साल एपीवान टेलिभिजनको यसको प्रशारण अधिकार लिएर नेपाली संगीत क्षेत्रका उत्कृष्ट कलाकारको खोजि गरिरहेको छ । दोस्रो सिजनका लागि नयाँ प्रतिभाको खोजि गर्न एपीवानको नेपाल आइडल टीम देश दौडाहामा छ । धरानमा हाल सम्मकै उल्लेखिय सँख्यामा प्रतिस्पर्धि आएको आइडलका प्राजेक्ट हेड सुरेश पौडेलले बताए ।

‘धरान आँफैमा कला संगीतक्षेत्रमा अब्बल योगदान गर्ने शहर हो’, उनले भने, ‘सहभागीतको उपस्थितिले हामी उत्साहित भएका छौं ।’ पौडेलकाअनुसार अडिसनबाट छानिएका केहिलाई काठमाण्डौ लगिने छ । उनीहरु क्लोज क्याम्पमा रहेर थप क्षमता निखार्ने अवसर पाउनेछन्।

यसअघि धनगढी, नेपालगञ्ज, हेटौंडा र बीरगञ्जमा अडिसन सकेको टिमले धरान पछि पोखरा र काठमाण्डौमा अडिसन गर्दैछ । एपीवान टेलिभिजनले ३४ भागमा प्रशारण गर्ने कार्यक्रम यहि साउन १० गतेदेखि हप्ताको दुइ दिन प्रसारण गर्ने जनाइएको छ । नेपाल आइडल सिजन दुइको पुरस्कार सम्पूर्ण स्थानका अडिसन सकिए पछि घोषणा गरिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.