बाघ मृत अवस्थामा फेला

बाघ  मृत अवस्थामा  फेला

रत्ननगर : चितवन रास्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा अाइतबार बिहान करिब ७ बजे अन्दाजी दुईदेखि तीन वर्षको वयस्क भाले बाघ मृत अवस्थामा फेला परेको छ।चितवन राष्ट्रिय निकुञ्जको साैराह सेक्टरको खाेरसाेर क्षेत्रमा बाघ मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

बाघ शनिबार राति अर्को बाघसँगै जुधेर मरेको हुुनसक्ने अर्यालले बताए।यो सँगै पछिल्लो डेढ महिनाको अन्तरालमा  चितवनमा चारवटा बाघ मरिसकेका छन्। राष्ट्रिय निकुञ्जभित्र दुईवटा र जिल्ला वन कार्यालय क्षेत्रभित्र दुई वटा बाघको मृत्यु भएको हो।

मुचुल्का उठाएर पाेष्टमार्टम गरी गाडिने  सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

 

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.