तीन वर्षमा सात प्रतिशत मात्र पुनर्निर्माण !

तीन वर्षमा सात प्रतिशत मात्र पुनर्निर्माण !

बनेपा: भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि पुनर्निर्माणले अझै गति लिन सकेको छैन।विभिन्न समस्या भएको बताउँदै भूकम्पपीडितले नीजि आवास बनाउन चासो नदिएसँगै काभ्रेमा भने तीन वर्षको अवधिमा सात प्रतिशत मात्र आवास निर्माण भएको हो।

आवास निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समय अवधि तोकेर ताकेता गरेपनि निर्माण सामाग्री,खेताला,पानी र विभिन्न समस्या भएको बताउँदै आवास निर्माण गर्न नसकेको गुनासो भुकम्प पीडितको छ।

'गाउँमा युवा र दक्ष जनशक्ती नभएकाले समयमै घर बनाउन सकेका छैन।' बेथानचोक गाउँपालिका- ५ का मनीष तामाङ भन्छन्, 'डकर्मीको अभावमा डीपीसी गरेको चार महिना वितिसक्दा पनि सुरु गर्न सकिएन। उनले थपिन्, 'कहिले सिकर्मी कहिले डकर्मी नपाएर घर बनाउन सकेको छैन।'

त्यस्तै महाभारत गाउँपालिका–६ बनखुचौरका सुरथसिंह लामाको पनि पीडा उस्तै छ। लामाले भने,'खेताला पाउन मुस्किल छ,पाएपनि महंगो ज्यालामा घर बनाउन सकेको छैन।'

गाउँभरी घर बन्न लागेकाले कामदार नपाएर आवास निर्माण रोकेको उनले गुनासो पोखे।' गाउँघरमा दक्ष डकर्मी नहुँदा आलोपालो भूकम्पपीडितको आवास निर्माण गरिरहेका छन्, भने डकर्मी सिकर्मीको अभाव भएसँगै उनीहरुले ज्यालामा समेत मनलाग्दी रकम लिने गरेका छन्।' उनले थपे, 'भूकम्प अघिको भन्दा झण्डै दोब्बर ज्याला भएको छ।' निर्माण सामाग्रीको मुल्य वृद्धि सँगै कामदारले समेत ज्वालामा दोव्बर वृद्धि भएको भुकम्प पीडितको गुनासो छ।

जिल्लामा ७२ हजार ४२० लाभग्राहीमध्ये ६७ हजार पहिलो किस्ताबापत रकम बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभ्रे शाखाका प्रमुख ध्रुव गैडाले जानकारी दिए। उनका अनुसार हालसम्म दोस्रो किस्ता बुझ्ने जम्मा २९.९५ प्रतिशत मात्र छन् भने ७ दशमलव ४२ प्रतिशतले (८ हजार ४९ जनाले)  मात्र आवास निर्माण सम्पन्न गरेका छन्। 

नगरभन्दा गाउँमा पुनर्निर्माणले गति लियो

पछिल्लो समय नगरपलिकाभन्दा गाउँपालिकामा पुनर्निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभ्रेले जनाएको छ। जिल्लाका १३ वटा स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकामा सबैभन्दा कम आवास निर्माण भएको छ भने सबैभन्दा बढी जिल्लाको विकट क्षेत्र डाँडापारीमा भएको पुनर्निर्माण प्राधिकरण धुलिखेलका इन्जिनियर रोशन केशरीले जानकारी दिए।

उनका अनुसार नमोबुद्ध नगरपालिकामा दोस्रो किस्ता लिने जम्मा १२ प्रतिशत छन् भने तेस्रो किस्ता लिने जम्मा ३.५ प्रतिशत रहेका छन्। त्यस्तै सबैभन्दा बढी जिल्लाको विकट डाडाँपारि महाभारत गाउँपालिकामा ७५ प्रतिशतले दोस्रो किस्ता लिएका छन्। त्यस्तै ६.२५ प्रतिशतले मात्र तेस्रो किस्ता लगेका छन्। पछिल्लो समय ग्रामीण भेगमा आवास बनाउने बढेको भएपनि सहरी क्षेत्रमा भने निकै कम रहेको बताए।‘ नगरपालिकामा नक्सापास, सडक मापदण्ड, कम जग्गामा नक्सा पास नहुनुलगायतका विभिन्न कारणले आवास पुनर्निर्माणमा ढिलाइ भएको हो।'

दोस्रो किस्ता पाउनै मुस्किल

सम्बन्धित निकायको व्यवास्था, कर्मचरीको लापरबाहीले पहिलो चरणको काम सकेर दोस्रो किस्ताका लागि निवेदन दिएको पाचँ÷छ महिना वितिसक्दा समेत पनि भुकम्प पीडितले दोस्रो किस्ता पाउन सकेका छैनन्।प्राधिकरणले भनेबमोजीम मापदण्ड पुर्‍यायर दोस्रो किस्ताका लागि निवेदन पेश गरेपनि लामो समयसम्म आफूहरुले पैसा नपाएको गुनासो भुकम्प पीडितको छ। 'दोस्रो किस्ताका लागि निवेदन दिएको पाँच महिना बित्यो अझै पाएको छैन।'

पनौती १२ की मल्लीका पहरी भन्छिन्, 'कर्मचारी र प्राधिकरणले विभिन्न बाहाना बनाएर पटक पटक भोलीपर्सी हुन्छ भनेर टार्छन, उनले थपिन, 'डीपीसी सकियो अब त्योभन्दा माथि उचाल्न पैसा छैन, दोस्रो किस्ता आउँला र बनाउँला भनेको पाँच महिना बित्यो अझै आएको छैन।'

पहरीजस्तै दोस्रो किस्ताका लागि महिनौदेखि आफूहरुले फारम भरेपनि रकम नपाएको गुनासो पोख्दै आएका छन्। पुनर्निर्माण प्राधिकरण काभ्रे शाखाका प्रमुख ध्रुव गैडाले भने दैनिक किस्ताको बारेमा गुनासो बडेसँगै सम्बन्धित निकायको समस्या समधानका लागि ध्यानकर्षण गराएको बताए। 'दैनिक सयौंको संख्यामा रकम नपाएको गुनासोका फोन र निवेदन आउने गरेको छ।' गैडाका अनुसार प्रयाप्त कर्मचारीको अभाव र कोलिनिकाले ढिलाइ गर्दा समस्या विकराल बन्दै गएको गुनासो पोखे। गैडाका अनुसार पुर्ननिमार्णका लागि जिल्लामा ३ अर्ब रकम भूकम्पपीडितले बुझिसकेको जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.