लेनिन जयन्तीमा एमाले-माओवादीको किचलो : चार घण्टापछि कार्यक्रम सुरु

लेनिन जयन्तीमा एमाले-माओवादीको किचलो : चार घण्टापछि कार्यक्रम सुरु

काठमाडौं : अप्रिल २२ लेनिन जयन्तीको अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त कार्यक्रम आयोजना गरे। तर, कार्यक्रम सुरु नहुँदै ब्यानरको नाममा ठूलै किचलो भयो। ब्यानमा लेखिएका शब्द र राखिएका तस्बिरमा विषयमा माओवादी कार्यकर्ताले आपत्ति जनाएपछि एकता नजिक पुगेका भनिएका एमाले र माओवादीको संयुक्त कार्यक्रममा भाँडभैलो भएको हो।

कार्यक्रमस्थलमा लफडाको शृ्ङखला नै चल्यो। अन्तत नेताहरुबीच कुर्सीमा लेनिन र माक्र्सको तस्बिर राख्ने मञ्च पछाडि दुई ब्यानर टाँगेर कार्यक्रम गर्ने सहमति भएको छ। बिहान १२ बजे हुने भनिएको कार्यक्रम औपचारिक रुपमा भने दिउँसो ४ बजे मात्र सुरु भएको छ। राष्ट्रिय सभामा पुगेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोप्य कोठाको चार घण्टा लामो बसाईपछि मञ्चमा पुगेका छन्। 

केहीबेरअघि तस्बिर र शब्दको विवाद गर्दै फालिएको ब्यानर फेरि टाँगिएको छ। मञ्चको अगाडि एउटा कुर्सी राखेर त्यही कुर्सीमा लेनिन र माक्सको तस्बिर राखिएको छ। 

भएकाे के हाे ?

कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुँनै बाँकी थियो। कार्यकर्तालाई सम्यमित हुन एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ आग्रह गर्दै थिए। कार्यक्रमको सुरु नहुँदै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई सम्बोधन गर्दा धेरै आदरार्थी शब्द प्रयोग गरेको तर, प्रचण्डको सम्बोधनमा नाममात्र भनेको भन्दै माओवादी कार्यकर्ता आक्रोशित भए। 

एमाले कार्यालय सचिव श्रेष्ठको शैलीविरुद्ध एक माओवादी कार्यकर्ताले मञ्चमै चढेर चर्को विरोध गरे। उनले विशेषत सम्बोधनमै माओवादी अध्यक्षको अपमान भएको बताए। माओवादी कार्यकर्ताको आक्रोशलाई साम्य पार्न श्रेष्ठले सम्बोधनका क्रममा गल्ती भएकोप्रति माफी नै माग्नु पर्यो। ‘सम्बोधनका क्रममा भएको मानवीय गल्तीप्रति क्षमाप्राथी छु’, कार्यालय सचिव श्रेष्ठले मञ्चमा चढेर माफी माग्र्दै भने, ‘अब साम्य भएर बसौं केही बेरमा कार्यक्रम सुरु हुन्छ।’ 

ब्यानर झिकेर फालियो 
यसरी सुरुभएको विवाद टुंगिन नपाउँदै ब्यानरको विषयले अर्को विवाद निस्कियो। लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रको ब्यानरमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीको तस्बिर माथि र तल एकातर्फ ओली र अर्कोतर्फ प्रचण्डको तस्बिर थियो।

 

ब्यानरमा लेनिनको तस्बिर नभएको भन्दै माओवादी कार्यकर्ताले फेरि आक्रोश व्यक्त गरे। माओवादी कार्यकर्ताको आक्रोश त्यत्तिमा मात्र सिमित थिएन। उनीहरुले ब्यानरमा एमालेको नाम पूरा लेखिएको तर, माओवादी केन्द्रको भने 'माके' मात्र लेखिएको भन्दै असन्तुष्टि जनाए। 

सम्मानजनक एकताको विषयमा बहस र छलफल भइरहेका बेला भइरहेको संयुक्त कार्यक्रममा माओवादीलाई अन्याय भएको असन्तुष्टी कार्यकर्ताले नाराबाजी गर्दै हलभित्रै पोख्न थाले। उनीहरुले ब्यानरमा किन माओवादी केन्द्र नलेखेर 'माके' मात्र लेखियो ? भन्दै प्रश्न गरे। यसको समाधानका लागि राखिएको ब्यानर झिकेर अर्को ब्यानर बनाउने तयारी भयो।

विवाद समाधानका लागि मञ्चमा त्यही बेला माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष दीपशीखा पुगे। मञ्चमा त्यत्तिबेला एमाले कार्यालय सचिव श्रेष्ठ मात्र थिए। उनीहरुबीच केहीबेर चर्काचर्की नै पर्यो। त्यसपछि कार्यक्रमको मञ्चमा राखिएको ब्यानर कार्यकर्ताले हटाए। 

कार्यक्रममा ब्यानर र शब्दमा विवाद हुँदै गर्दा अखिलका महासचिव ऐन महर भने मञ्चमै गएर यो विषय कार्यकर्ताको विवाद नभएर संयोजन समितिले निर्णय गर्नुपर्ने विषय भएको भन्दै कार्यकर्तालाई साम्य भएर बस्न आग्रह गरे। तर, माओवादी कार्यकर्ता भने आफूहरु अपमानित भएको भन्दै आक्रोश व्यक्त गरिरकेका थिए।

आयोजकले नयाँ ब्यानर बनाउने निर्णय गरेपछि कार्यक्रम स्थलमा पुगे पनि प्रधानमन्त्री ओली र प्रचण्ड मञ्चमा गएका छैनन्। नयाँ ब्यानर ल्याएपछि मात्र कार्यक्रम सुरु गर्ने तयारी एकता संयोजन समितिले गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.