कम्युनिस्ट एकताको खाका तयार भइसक्यो : प्रचण्ड

कम्युनिस्ट एकताको खाका तयार भइसक्यो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी एकताका लागि खाका तयार भइसकेको बताएका छन्। आइतबार आयोजित लेनिन जयन्तीलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगका शृङ्खलाबद्ध वार्ताबाट कम्युनिस्ट पार्टीको एकताको खाका तयार भइसकेको बताएका हुन्। 

‘कम्युनिस्ट एकता नभए राष्ट्रको समृद्धिलाई सफल बनाउन सकिँदैन। केपीजी र मेरो शृङ्खलाबद्ध बैठकले कम्युनिस्ट एकताको खाका तयार भएको छ’, राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब एमाले र माओवादीबीचको विवाद टुंगियो।’

प्रचण्डले प्रधानमन्त्री ओलीसँग लामो समय छलफलका लागि बस्दा एकतामा खटपट आएको हो कि भन्ने हल्ला फैलिएको तर, त्यो गलत भएको बताए। ‘एकता प्रक्रिया बिग्रिन खोजेको छैन, एकता गरेको भोलिपल्ट कुरा नबिग्रियोस भनेर हामी छलफलमा जुटेका छौँ’, प्रचण्डले भने, ‘हामी नीतिगत विषयमा निष्कर्षमा पुगिसकेका छौँ, एकता सम्मानजनक हुनुपर्छ, कसैलाई अपमान गर्नु हुँदैन, सम्मानकै आधारमा एकता हुनुपर्छ भन्ने विषयमा पछिल्ला छलफल केन्द्रित छन्।’ 

प्रचण्डले अब एकता नगरे जनताको घेरामा पर्ने समेत बताए। अब दायाँबायाँ गरे जनताले छुट नदिने भन्दै उनले एकताको विकल्प नभएको बताए।  ‘हामीलाई कतैबाट छुट छैन, दायाँबाया गर्न चारैतिरबाट जनताको घेराछ, कार्यकर्ताको घेरा छ’, प्रचण्डले भने, ‘अब मैले र केपीजीले दयाँबायाँ गरे जनताले छुट दिने छैनन्।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.