महेन्द्र भन्दा पनि निरंकुश बन्दै ओली: शेखर कोइराला

महेन्द्र भन्दा पनि निरंकुश बन्दै ओली: शेखर कोइराला

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसको सार्वजनिक बिदा कटाएर केपी ओली नेतृत्वको सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताएका छन् । 

लोकतन्त्र दिवसको अवसरमा 'गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान' ले काठमाडौँको शान्तिवाटिकामा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा निरंकूश बन्दै गएको जिकिर गरे । 

उनले ओली निरंकुश बाटोमा गएकाले जनआन्दोलन २०६२२/६३ को उपलब्धि रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि दाबी गरे । कार्यक्रममा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत र प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले पनि बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.