उपेन्द्र देवकोटाकी छोरी अपहरणका मुख्य अभियुक्तलाई १७ वर्ष कैद
![उपेन्द्र देवकोटाकी छोरी अपहरणका मुख्य अभियुक्तलाई १७ वर्ष कैद](https://annapurnapost.prixacdn.net/media/albums/20180416222224_Pakrau_Sk38NjklUq.jpg)
काठमाडौ : वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो ।
न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको संयुक्त इजलासले बुधबार अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।
देवकोटाकी छोरी अपहरणमा गोकुल राजेश क्षेत्री उपनामका गिरी गिरीसहित, केशव दर्लामी र राजु थापालगायत संलग्न थिए ।
यो समूहले ०६५ को भदौमा डा. देवकोटाकै घरबाट उनकी छोरी मेघालाई अपहरणसँगै घरमा डकैतीसमेत गरेको थियो । त्यो बेला देवकोटाको घरबाट डेढ करोड बराबरको डकैती गरेका उनीहरूले एक करोड ३० लाख रुपैयाँ फिरौती लिएर मुक्त गरेका थिए ।
डा. देवकोटाकी छोरीलाई ललितपुरको एक घरमा बन्धक बनाएर उनीहरूले फिरौती लिन सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)