‘ओलीले देशलाई अधिनायकवादतर्फ लगे, अब कांग्रेसले प्रतिकार गर्छ’

‘ओलीले देशलाई अधिनायकवादतर्फ लगे, अब कांग्रेसले प्रतिकार गर्छ’

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मुलुक अधिनायकवादतर्फ उन्मुख गराउने वर्तमान सरकारको रणनीतिमा कांग्रेस मौन रहन नसक्ने बताएका छन् । 

‘वर्तमान सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा कांग्रेस चुप लागेर बस्दैन, प्रतिकार गरेरै छोड्छ’, उनले भने, ‘सरकार मुलुकलाई अधिनायकवादतर्फ धकेल्दै छ ।’

कांग्रेसका युवा नेता एवं पूर्व सांसद चक्रबहादुर ठकुरी फाउन्डेशनले तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ठकुरीको निधनले कांग्रेसलाई ठूलो घाटा पुगेको छ । ठकुरी जस्ता कर्मठ कार्यकर्ताहरुको अभावमा कांग्रेसले सम्पन्न स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पराजय हुन परेको हो ।’ 

उनले कांग्रेसलाई आगामी पाँच वर्षभित्र पहिलो स्थानमै पु¥याउने प्रतिबद्धता जनाए । ‘त्यसका लागि कांग्रेस–कांग्रेसबीच भावनात्मक एकता अपरिहार्य छ’, उने भने, ‘अन्यथा चुनावमा भएको पराजय र कांग्रेसबीचको अन्तद्वन्द्वका कारण देश अधिनायकवादतर्फ उन्मुख गराउने वर्तमान सरकारको उद्देश्य सफल हुनेछ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरुले पहिलो स्थान ल्याएका जिकिर गरे । ‘यसमा कांग्रेसको कुनै आपत्ति छैन तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराए भने पार्टी चुप लागेर बस्न सक्दैन’, देउवाले भने । 

लोकतन्त्रको संस्थागत विकास गर्न पार्टीले जोड दिने उल्लेख गर्दै सभापति देउवाले आगामी अधिवेशनमा पार्टीको विधान संशोधन गरी वडा तहदेखि माथिल्लो तहसम्मका कार्यकर्ताहरुको उच्चमूल्याङ्कनका साथ जिम्मेवारी दिइने बताए । 

काठमाडौंको क्षेत्र नंं १ देखि ५ सम्म पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेकाले पनि उनको सपना पुरा गराउन आमकांग्रेसले संगठन र संगठनका ऊर्जा आमसर्वसधारण जनताको हक र हितमा लगाउनन देउवाले निर्देशन दिए । पूर्वप्रधानमन्त्री देउवाले ठकुरी फाउन्डेशनले गर्ने सामाजिक कामलाई सहयोग गर्न आफू सधैं तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.