अर्घाखाँचीमा नौ महिनामा ४२ जनाले गरे आत्महत्या

अर्घाखाँचीमा नौ महिनामा ४२ जनाले गरे आत्महत्या

सन्धिखर्क :  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्यांकले नौ महिनामा ४२ जनाले आत्महत्या गरेको देखाएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका- ७ ठुलाबाटामा मंगलबार ३३ वर्षीय छोरा शुरतबहादुर पन्थी झुन्डिएको अवस्थामा मृत फेला परे। मैदान र नरपानीको बीचको काउलिचौर जंगलको रुखमा झुन्डिएको अवस्थामा स्थानियबासीले फेला परेका थिए। 

शुरत ५ दिन अगाडि भारतको नयाँ दिल्लीबाट घर आएका थिए। उनी एक वर्ष नपुग्दै दिल्लीबाट फर्केका थिए। शुरतका श्रीमती र एक पाँच वर्षीय छोरा छन्। 

त्यस्तै आइतबार सन्धिखर्क नगरपालिकाको रहतलेमा २४ वर्षीय  दयाराम सेजवाल आफ्नै कोठामा झुण्डिएको अबस्थामा भेटिए।सन्धिखर्क ११ डिभर्नाको अमिले घर भएका दयाराम श्रीमती पोइल गएको थाहा पाएपछि आत्म हत्या गरे।दयारामकी श्रीमती सपना अर्कै ड्राइभरसँग एक हप्ता अगाडि पोइला गएकी थिइन्। सपनाले फेसबूकमा अर्कै युवासँग लिएको तस्बिर पोस्ट गरेको देखेपछि पीडा सहन नसकी आत्महत्या गरेको स्थानियबासीले बताए। 

पछिल्लो समयमा अर्घाखाँचीमा आत्म हत्या गर्नेको संख्यामा ह्वात्तै वृद्धि भएको छ। जिल्लाको अवस्था हेर्दा १५ वर्षदेखि ६० वर्षमाथिकाले आत्म हत्या गरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गएको साउनदेखि अहिलेसम्म ४२ जनाले आत्म हत्या गरेको छ। जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा २८ जनाले आत्म हत्या गरेको पाइएको छ। आवेसमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्म हत्या गरेको उक्त तथ्यांकमा उल्लेख छ।

जातीय विभेद, धनी गरिबको खाडल, समाजिक भेदभावजस्ता उत्पीडनले अात्म हत्याका घटना हुने गरेको पाइए पनि पछिल्लो समय वैदेसिक रोजगारी पनि आत्म हत्याको कारण भएको सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले बताए।रोजगारीका लागि विदेस गएका युवा तथा तिनका श्रीमतिले आत्म हत्या गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.