सिन्डीकेट र तस्करी जरैदेखि उखेल्छौं : गृहमन्त्री थापा

सिन्डीकेट र तस्करी जरैदेखि उखेल्छौं : गृहमन्त्री थापा

भैरहवा : गृहमन्त्री रामबहादुर थापाले मुलुकको अर्थतन्त्रलाई कमजोर पार्ने सिन्डीकेट र तस्करीलाई जरैदेखि उखेल्ने बताएका छन्।विभिन्न क्षेत्रको सिन्डीकेट र तस्करीले मुलुकको अर्थतन्त्र कमजोर भएको बताउँदै उनले सिन्डीकेट समाप्त गर्नका लागि सरकारले ठोस कदम चालेको बताए।

शुक्रबार पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन रुपन्देही आएका मन्त्री थापाले भैरहवा विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुलुकको विकासका लागि सिन्डीकेट र तस्करीलाई जरैदेखि उखेल्ने आवश्यक रहेको बताए।

त्रिभुवन विमानस्थलबाटै ठूलो परिमाणमा सुन तस्करी हुँदै आएकोमा त्यसतर्फ इंगित गर्दै उनले भने 'मुलुकको सुरक्षा स्थिति समान्य छ तर अर्थतन्त्रलाई कमजोर पार्ने भ्रष्टाचार, सिन्डीकेट र तस्करीलाई जरैदेखि उखेल्नमा सरकार लागेको छ।'

उनले मुलुकको सुरक्षा स्थिति समान्य रहेको बताउँदै घरेलु हिंसा र लागूऔषधका घटनामा वृद्धि भएकाले यसलाई नियन्त्रणका लागि सरकार अघि बढिसकेको बताए।

उनले मुलुक विकास र समृद्धितर्फ अगाडि बढिरहेको अवस्थामा राजनीतिक शक्ति एकवद्ध हुनु आवश्यक रहेको औल्याए।त्यस्तै एमाले र माओवादी केन्द्रको एकताको विषयमा उनले पार्टी एकताको लागि आवश्यक पूर्वाधारहरु निर्माण भइरहेकाले छिटै एकता हुने दावी गरे। ३३ किलो सुनकाण्डको विषयमा घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.