पूर्वका गाडीमा अझै सिन्डिकेट

पूर्वका गाडीमा अझै सिन्डिकेट

धरान :  सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरे पनि प्रदेश १ का अधिकांश जिल्लामा व्यवसायीले स्वरूप परिवर्तन गरी झन् कडा बनाएका छन् ।

सुनसरी, मोरङ, झापा र उदयपुरका यातायात व्यवसायीले प्रदेशभर सञ्चालन भएका सार्वजनिक यातायातमा पालो प्रणाली कायम गरेका छन् । काँकडभिट्टा, धरान, विराटनगर, इटहरी, गाईघाट, चतरालगायत स्थानबाट सञ्चालन हँुदै आएका ५ हजारभन्दा बढी सार्वजनिक यातायातका साधनमा व्यवसायीले समयतालिकाअनुसारको पालो प्रणाली लागू गरेका हुन् ।

कोसी बस व्यवसायी संघ, सप्तकोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात व्यवसायी संघ, संयुक्त यातायात व्यवसायी संघले धरानबाट देशभर चल्ने यातायातका साधनमा अझै सिन्डिकेट लगाएका छन् । व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिए पनि ट्राफिक प्रहरी रमिते बन्ने गरेको संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजमले बताए । भने,‘सर्वसाधारणको यात्रामा अवरोध गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ ।’

धरानबाट सञ्चालन हँुदै आएका ५ सय बस दैनिक समयतालिका निर्धारण गरी गन्तव्यसम्म छुट्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयबाट रुट पर्मिट लिएर सञ्चालन गरिएका गाडी निर्वाध सञ्चालन हुन सकेका छैनन् । यहाँका चारै संघले संस्थामा गाडी दर्ता गरे मात्र निर्वाध सञ्चालन गर्न दिने नत्र अवरोध गर्ने गरेको मोरङका गाडी व्यवसायी राजु       श्रेष्ठले बताए । भने, ‘धरानका यातायात व्यवसायीले सिन्डिकेट प्रणालीलाई निरन्तरता दिइरहे पनि स्थानीय प्रशासनले कारबाही नगर्नु लाजमर्दो भएको छ ।’

यात्रुलाई अचानो बनाएर बस व्यवसायीले मनोमानी गर्ने गरेको धनकुटाका       श्रीकुमार लिम्बूले बताए । भने, ‘सिन्डिकेट लाद्ने व्यवसायीलाई कडा कारबाही हुनुपर्छ ।’ यातायातका साधनलाई प्रतिस्पर्धामा सञ्चालन गर्न दिइनुपर्ने उनको भनाइ छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले सिन्डिकेट नभई समय मिलाएर आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए । संघीय प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले सरकारको निर्देशनविपरीत सिन्डिकेट लगाएर यात्रुलाई दुःख दिने व्यवसायीलाई कडा कारबाही गरिने बताए । भने, ‘सरकारले लिएको नीतिविपरीत काम गर्नेलाई कारबाही हुन्छ ।’

झापाबाट सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा कन्काई व्यवसायी संघ, मेची बस व्यवसायी संघ र मेची यातायात संघले सिन्डिकेट लगाएका छन् । सुनसरी र मोरङबाट पहाडी जिल्ला जाने बस सञ्चालनमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघ, पूर्व नेपाल यातायात संघ, सिद्धकाली यातायात संघको सिन्डिकेट छ । उदयपुरबाट हिमाली यातायात बस व्यवसायी संघ, सगरमाथा यातायात संघले सिन्डिकेटलाई निरन्तरता दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.