'प्रदेश एकको स्थायी राजधानी सर्दैन, हल्लाको पछि नलाग्नू'

'प्रदेश एकको स्थायी राजधानी सर्दैन, हल्लाको पछि नलाग्नू'

चैनपुर (संखुवासभा): प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले स्थायी राजधानी इटहरी तोक्ने हल्ला गलत भएको बताएका छन् । शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित मेयर गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै राईले यस्तो बताएका हुन् ।

सञ्चारमाध्यमले प्रदेशको राजधानी इटहरी सार्ने हल्ला चलाएकाले त्यसको पछि नलाग्न उनले अनुरोध गरे । मुख्यमन्त्रीको हैसियतले नामाङ्कन र स्थायी राजधानी तोक्नेसम्बन्धी सहजीकरण गर्ने जिम्मा भए पनि सर्बसम्मतिबाटै अन्तिम टुङ्गो लाग्ने उनले स्पष्ट पारे ।

अहिले प्रदेशको राजधानी र नामाङ्कनबारे केही छलफल भइरहे पनि औपचारिक छलफल हुन बाँकी रहेको उनले बताए । 

प्राथमिकतमा खेलकुद 

मेयर गोल्डकपको उद्घाटन गर्न हेलिकोप्टरबाट चैनपुर आएका राईले प्रदेश नम्बर एकले खेलकुदलाई प्राथमिकताका दिने बताए । उच्च भू–भागमा खेलाइने खेलहरुको पनि सम्भाब्यता अध्ययन गरी खेल सञ्चालन गरेर अन्तराट्रिय जगतको पनि ध्यानाकर्षण गरिने उनले बताए । 

‘राज्यले समेत खेलकुद क्षेत्रमा लगानी गर्न नसकेकाले खेल क्षेत्रको विकास हुन नसकेको हो’, उनले भने, ‘त्यसबाट पाठ सिकेर प्रदेश एकले खेलकुद क्षेत्रमा लगानी गर्ने छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.