बिहावर महोत्सवमा प्याराग्लाइडिङ

बिहावर महोत्सवमा प्याराग्लाइडिङ

बनेपा : काभ्रेको कुशादेवी क्षेत्र सरोकार समाजले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रचारका लागि बिहावर क्षेत्रमा पर्यटन महोत्सव सुरु गरेको छ। शनिबारदेखि सुरु भएको तीन दिनसम्म चल्ने महोत्सवमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। महोत्सवमा कुशादेवी मावि प्रांगणमा स्थानीय सामग्री, कृषि उत्पादन, स्थानीय जडीबुटी, घरेलु उत्पादनका स्टल राखिएका छन्।

महोत्सवको उद्घाटन काभ्रे क्षेत्र नम्बर २ का सांसद गंगाबहादुर लामाले गरेका थिए। राजधानीसँगै जोडिएको काभ्रेको बिहावर क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ। महोत्सव कुनै नाफा कमाउन नभई पर्यटकीय गन्तव्य प्रचारका लागि भएको हो। महोत्सव शनिबार विहान हाइकिङबाट भएको थियो। हाइकिङमा दुई सयभन्दा बढीको उपस्थिति थियो। पनौती नगरपालिकाको चालिसेबाट स्थानीय खैजडी तथा झाँक्री नाचको साथमा हाइकिङ सुरु भएको थियो।

हाइकिङपछि शनिबार दिउँसो नै गुर्दुम डाँडाबाट १६ वटा परीक्षण प्याराग्लाइडिङ भएको थियो। प्याराग्लाइडिङका परीक्षण उडानसँगै स्थानीय पर्यटन व्यवसायीले प्याराग्लाइडिङ सञ्चालन गर्न ईच्छुक रहेको बताए। महोत्सवको पहिलो दिन तीन हजार रुपैयाँ लिँदै प्याराग्लाइडिङ गराइएको थियो। १५ मिनेटको प्याराग्लाडिङ गर्दा पर्यटकले सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, गौरीशंकर, गणेश हिमाल तथा माछापुच्छ«ेको दृष्यावलोकन गर्न सकिने आयोजकको भनाइ छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा स्थानीय र आन्तरिक तथा बाह्य पर्यटकको उपस्थित थियो।

महोत्सवको उद्घाटन गर्दै सांसद लामाले यसले नयाँ पर्यटकीय गन्तव्यको पहिचान भएको बताए। उनले महोत्सव कुनै नाफामूलक नभई गन्तव्यको पहिचान र प्रचारका लागि भएको जानकारी दिए।

महोत्सवमा ट्राउट माछा, अर्गानिक मह तथा दूधबाट बनेका परिकारको प्रदर्शनी तथा बिक्री गरिने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीयस्तरमा पाइने ढिडो र सोही क्षेत्रमा उत्पादित अर्गानिक फलफूल तथा तरकारीका परिकार पनि प्रदर्शनीमा राखिएको छ।

प्राचीन कालदेखि नै काठमाडौं उपत्यका प्रवेशको एउटा महत्वपूर्ण क्षेत्रको रूपमा उक्त भेगको उपयोग भएको विभिन्न तथ्यले देखाए पनि यसको प्रचार नहँुदा काठमाडौंबाट करिब एकदेखि डेढ घण्टामा नै आउन सकिने भए पनि प्रचार प्रसारको अभावले ओझेलमा परेको पनौती नगरपालिका प्रमुख एवं महोत्सवका सहआयोजक भीम न्यौपानेले बताए। उनले भने, ‘कुशादेवी बिहावर क्षेत्र पर्यटकीय र कृषिको सम्भावना बोकेको क्षेत्र भएको तर प्रचारप्रसारको कमीले अत्यन्तै न्युन मात्रमा पर्यटक आउने गरेकाले महोत्सवबाट सम्भावित क्षेत्रको प्रचारप्रसार गरेका हौं।’

महोत्सवमा सहभागी हुनेले ग्वार्खुबाट २२ किलोमिटर दुरीमा रहेको गुर्दुम डाँडा वा नागीबाट सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, गौरीशंकर, गणेश हिमाल तथा माछापुच्छ«ेको दृष्यावलोकन गर्न सकिन्छ। पर्यटकका लागि धुलिखेल, नगरकोट, ककनीको विकल्पमा बिहावर क्षेत्र उपयुक्त हुने महोत्सवका सहसंयोजक पुरुषोत्तम अधिकारीको भनाइ छ। 

महोत्सवको दोस्रो दिन आइतबार पनौती वडा नम्बर ३ पशुपति मन्दिरबाट हाफम्याराथुन हुनेछ। महोत्सवको अन्तिम दिन पनौती नगरपालिकाको वडा नम्बर २ कुशादेवी मन्दिरबाट सुरु भएको साइक्लिङ पर्खालचौर, मानेदोभान, खानीडाँडा, लठ्ठा भञ्ज्याङ, लाकुरीभन्ज्याङ, रोनीकोट, पाँचकन्या, पशुपति मन्दिर हुँदै कुशादेवीमा आएर समापन हुने आयोजकले जनाएको छ। यसैगरी महोत्सवको अन्तिम दिन पनौती नगरपालिकाको वडा नम्बर २ र ३ को संयुक्त कार्यालय अगाडिको चौर कुशादेवीमा विविध सांस्कृतिक कार्यक्रम हुनेछन्।

सांस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकको भनाइ छ। महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुन महोत्सवको मुख्य आकर्षण हुन्। स्थानीय खैजडी भजन, झाँक्रीनाच, लाकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण रहेको आयोजकले जनाएको छ। समुद्र सतहबाट करिब २७ सय मिटर अग्लो फुलचोकी जैविक विविधता, क्लाउड फरेस्ट पन्छी अवलोकनका साथै मृग, चितल, बनेल, सलाक, दुम्सीलगायत जंगली जनावरले यस भेगलाई थप रमणीय बनाएको आयोजकको भनाइ छ।

महोत्सवको प्रमुख मिडिया पार्टनर अन्नपूर्ण मिडिया नेटवर्क रहेको छ। साथै महोत्सवलाई पनौती नगरपालिका, अल्का अस्पताल, सिम्रिक एयर र पर्यटन बोर्डको पनि सहकार्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश सांसद माधवप्रसाद पौडेल, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीलगायतले महोत्सवले बिहावर क्षेत्रकोे पर्यटन विकासमा सहयोग पु¥याउने अपेक्षा लिएको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.