मनाङ जाने सडक सुचारु

मनाङ जाने सडक सुचारु

बेंसीसहर : बेंसीसहर–चामे सडकखण्डको खुदीस्थित बेलिब्रिजमा मर्मतपछि आवागमन सुरु भएको छ। स्थानीयको दबाबपछि पुल मर्मत गरिएको हो। स्थानीयले मर्मत हुनुपर्ने माग गर्दै पुलमा आवतजावत बन्द गराएका थिए। डिभिजन सडक कार्यालय दमौलीले पुल मर्मत गराएको हो। पुलमा राखिएका पाता टुटफुट हुनुका साथै खिया लागेपछि आवागमनमा जोखिम भएको भन्दै फलामे पाता नयाँ राख्नुपर्ने माग स्थानीयले गरेका थिए।

डिभिजन सडक कार्यालयले बीच भागको २ लाइन नयाँ र दायाँ–बायाँ पुरानै हालेको स्थानीयले बताएका छन्। ‘सबै नयाँ प्लेट फेर्नुपर्नेमा दायाँ–बायाँ त्यही पुरानालाई काटकुट गरी हालिएको छ’, लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका अध्यक्ष वीरेन्द्र भण्डारीले भने, ‘जस्तो भए पनि पुल मर्मतपछि आजतजावत सजिलो भएको छ।’ पुल मर्मत भएपछि स्थानीय, बटुवा, उत्तरी क्षेत्र तथा मनाङ जाने यात्रु, सवारी तथा चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटकलाई आउजाउ सहज भएको छ।

मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी र ३ नम्बर वडाको खुदी जोड्ने उक्त पुल बेंसीसहर–चामे सडक निर्माणका बेला दशकअघि सेनाले बनाएको थियो। उक्त बेलिब्रिज भ्याटसहित ४१ लाख लाख ८२ हजार रुपैयाँमा मर्मत गरिएको डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ। डिभिजन इन्जिनियर भानु जोशीका अनुसार अनुमान गरेभन्दा डेढ लाख थप गर्नुपरेको छ। ‘हामीले पूरै प्लेट फेर्ने भनेका थिएनौं। पूरै फेरेमा करोडभन्दा बढी खर्च लाग्छ’, उनले भने, ‘अनुमानअनुसार बीचमा नयाँ राख्ने र दायाँ–बायाँ यसअघिका काम लाग्ने प्लेट सदुपयोग गर्ने भनेका थियौं।’ उनले पुराना प्लेटले पनि ५/६ वर्ष राम्रोसँग धान्ने बताए।

१९ टन क्षमताको उक्त बेलिब्रिजबाट ३० टन क्षमताका ठूला ट्रक गुड्नाले भत्किएको स्थानीयले बताए। माथिल्लो क्षेत्रमा जलविद्युत् आयोजना निर्माण क्रममा बढी क्षमताका सवारी यही पुल भएरै आउजाउ गर्छन्। मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ठाउँ–ठाउँमा ठूला प्वाल परेका कारण दुर्घटनाको जोखिम थियो।

‘मर्मतपछि जोखिम हटेको छ’, उनले भने। पुलका सबै फलामे पाता फेर्न माग गरे पनि आधा मात्रै नयाँ राखेर दायाँ–बायाँ पुरानै प्लेट हालेको उनले बताए। ‘सवारीको लिग पुरानै प्लेटमा पर्ने भयो। छिट्टै समस्या आउन सक्छ,’ उनले भने, ‘अहिलेका लागिचाहिँ सजिलो भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.