वीरगन्जमा भेट्रान्स फुटबल
वीरगन्ज : वीरगन्जमा बिहीबारदेखि अन्तर्राष्ट्रिय भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। भेट्रान्स सिटी क्लब वीरगन्जले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो।
वैशाख २२ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका नौ र भारतका दुई गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा नेपालका अभिषेक चर्च नवलपरासी, बिर्तामोड भेट्रान्स झापा, सिमरा भेट्रान्स बारा, युवा स्पोर्टस् क्लब वीरगन्ज, बगर भेट्रान्स पोखरा, आयोजक भेट्रान्स सिटी क्लब वीरगन्ज, कैलाली भेट्रान्स कैलाली, चितवन भेट्रान्स चितवन र हेटांैडा भेट्रान्स मकवानपुर तथा भारतको सिलगुढी भेट्रान्स बंगाल र मुंगेर भेट्रान्स बिहारको सहभागिता रहनेछ।
प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख ११ हजार एक सय ११ र उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार र अन्य विधागत रूपमा उत्कृष्ट हुनेले तीन हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताका खेलहरू आदर्शनगर रंगशालामा हरेक दिन साँझ ६ बजेपछि हुनेछ।