३३ किलो सुन प्रकरणः अभियुक्तहरुलाई मोरङ अदालतमा पेश गरियो

३३ किलो सुन प्रकरणः अभियुक्तहरुलाई मोरङ अदालतमा पेश गरियो

बिराटनगरः ३३ किलो सुनकाण्डमा मुछिएका अभियुक्तहरुलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २८ जना अभियुक्तहरुलाई मोरङ अदालतमा बुधबार पेश गरेको हो । 

भेदभाव

प्रहरीले मोरङ अदालतमा लैजाने क्रममा सर्वसाधरण र व्यापारीहरुलाई वानटेन गाडीमा कोचिएको थियो । उनीहरु सबैलाई प्रहरी हथकडी लगाएर अदालतमा उपस्थित गराएको हो । 

अर्कारित पूर्वडीआईजी गोविन्द निरौलासहितका सुनकाण्डमा मुछिएका प्रहरीका वर्तमान र भूपू अधिकारीहरुलाई भने प्रहरीले स्कार्पियो गाडीमा अदालत पुर्‍याएको हो । 
पक्राउ परेका सबै प्रहरी अधिकृतहरुलाई भने प्रहरीले हथकडी नलगाई अदालतमा उपस्थित गराएको छ। 

मोरङ प्रहरीले प्रहरी अधिकारीहरुलाई पश्चिमी गेटबाट अदालतमा छिराएको थियो भने ब्यापारी र सर्वसाधरणलाई पूर्वी गेटबाट । ३३ किलो सुन तस्करी प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीसहित २९ जना पक्राउ परिसकेका छन् । 
 

पक्राउ परेका र फरार

– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ

– थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी

– व्यापारी गोपालकुमार श्रेष्ठ

– व्यापारी दोराम खत्री

– व्यापारी सम्भिरप्रसाद तोलाङे,

– व्यापारी हेमन्त गौतम

– गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा

– व्यापारी वीरेन्द्रमान श्रेष्ठ

– थाई एयरवेजका कर्मचारी लालबहादुर मगर

– व्यापारी राजु महर्जन

– व्यापारी, भारतीय नागरिक महावीर गोल्यान

– लाक्पा शेर्पा (हत्या आरोपी)

– मदन घिमिरे (हत्या आरोपी)

– आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य

– जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल

– गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की

प्रहरीतर्फ

– पूर्वडीआईजी गोविन्द निरौला

– एसपी विकास खनाल

– डीएसपी सञ्जय राउत

– डीएसपी प्रजित केसी

– सइ बालकृष्ण सञ्जेल

– जवान विष्णु खड्का

फरार

– एसएसपी श्याम खत्री

– मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेती

यस्तो छानबिन समिति

– गृहका सहसचिव ईश्वरराज पौडेल

– राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा

– एसएसपी वसन्तकुमार लामा

– गृहका उपसचिव भविश्वर पाण्डे

– उपन्यायाधिवक्ता हरि रेग्मी

– डीएसपी सुदीप पाठक

– प्रहरी निरीक्षक भीष्म हुमागार्इं

– कानुन अधिकृत भोजराज दाहाल

– सइ सुमन कार्की

सम्बन्धित समाचार

३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

८८ केजी सुन तस्करी प्रकरण : पाँच सुन व्यवसायी पक्राउ

सुन तस्करीः आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य पक्राउ

३३ किलो सुन तस्करीको रहस्य खुल्दै : पूर्व डीआईजी निरौला पक्राउ

३३ किलो सुन तस्करी प्रकरणः पूर्व डीआईजी निरौलालाई विराटनगर ल्याइयो

चौध किलो सुन तस्करी प्रकरण: पक्राउ परे चिनियाँ नागरिक

सुन तस्करीको अनसुन्धान सकियो  : समातिए अर्का डीएसपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.