पश्चिम यातायात बस व्यवसायी समितिका उपाध्यक्ष पक्राउ

पश्चिम यातायात बस व्यवसायी समितिका उपाध्यक्ष पक्राउ

भैरहवा : सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायी समिती र संघका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबाहदुर थापाले निर्देशन दिए लग्त्तै रुपन्देही प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितीका उपाध्यक्ष जीवनकुमार बन्जाडेलाई पक्राउ गरेको छ।

बन्जाडेलाई बुटवलको ट्राफिक चोकबाट नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। पक्राउ परेका बन्जाडेलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। त्यस्तै अन्य संघ र समितीका पदाधिकारीको पनि खोजीकार्य भइरहेको एसपी ज्ञवालीले जानकारी दिए। गृहमन्त्रीको निर्देशन लगत्तै पक्राउ गर्न प्रहरी सक्रिय भएपनि संघ र समितीका पदाधिकारी सम्पर्क बिहिन छन्।

यातायात व्यवसायी समिती देशभर सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःख दिएपछि गृहमन्त्रीले थापाले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा संचालन ऐन २०१४ अनुसार गाडी संचालन नगर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका हुन्।  ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.