यातायात व्यवसायी खोज्दै प्रहरी, दाङबाट एकजना पक्राउ

यातायात व्यवसायी खोज्दै प्रहरी, दाङबाट एकजना पक्राउ

तुलसीपुर : गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशन लगत्तै प्रहरीले यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ। सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीले दिएको निर्देशन लगत्तै प्रहरी सक्रिय भएको हो।

मन्त्रीको निर्देशनपछि तुलसीपुर जिप तथा मिनिबस, बस व्यवसयायी समितिका कार्यबहाक अध्यक्ष डिल्ली भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार भण्डारीलाई केन्द्रको निर्देशनपछि पक्राउ गरेको हो। यो संगै जिल्लामा रहेका व्यवसायीका नेतालाई प्रहरीले तिव्र रुपमा खोजी गरिरहेको छ। 

दाङमा रहेका समितिका पदाधिकारीलाई खोजी तिब्र पारिएको दाङ प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिइन्। उनले केहि व्यवसयीलाई पक्राउ गरिएको पुष्टि गरिन्। सरकारी निर्णयको विरोधमा जिल्लामा रहेका सात वटा यातायात समितिले शुक्रबार आफ्ना सवारी साधनहरु नचलाएर ग्यारेजमा थन्काएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.