पक्राउ परेका ११ उत्तर कोरियाली दूतावासको जिम्मामा

पक्राउ परेका ११ उत्तर कोरियाली दूतावासको जिम्मामा

काठमाडौं : अध्यागमन विभागले श्रम स्वीकृतिबिनै काम गरेको आरोपमा पक्राउ ११ जना उत्तर कोरियालीलाई कुनै अनुसन्धान र छानबिन नगरी आइतबार रिहा गरेको छ। विभागले गैरकानुनी ढंगले काम गरेको पर्याप्त प्रमाण हुँदाहुँदै बिनाअनुसन्धान उनीहरूलाई उन्मुक्ति दिएको हो।

अध्यागमनले अनुसन्धान र बयान लिने औपचारिकता पूरा गर्दै आइन्दा प्रवेशाज्ञा (भिसा) दुरुपयोग नगर्ने लिखित सर्तमा उनीहरूलाई काठमाडौंस्थित उत्तर कोरियाली दूतावासको जिम्मा लगाएको छ। शुक्रबार साँझ पक्राउ परेका ती ११ जना उत्तर कोरियालीलाई प्रहरीको महानगरीय अपराध महाशाखाले थप अनुसन्धान र कारवाहीका लागि आइतबार अध्यागमनमा बुझाएको थियो।

अध्यागमनले उत्तर कोरियालीहरू कार्यरत प्योङयाङ आरिराङ रेस्टुरेन्टको छानबिन र स्थलगत अध्ययन नै नगरी उनीहरूलाई दूतावासको जिम्मा लगाएको हो।

विभागले उनीहरूलाई निस्कासनको तयारी गरे पनि गृहमन्त्री रामबहादुर थापा निस्काशनको विपक्षमा उभिएपछि विभाग पछि हटेको हो। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रक्रियाअनुसार नै पक्राउ परेकामाथि कारवाही हुने दाबी गरे तर विभागका महानिर्देशक दीपक काफ्ले भने यसबारे सूचना अधिकारीसँग सोध्नू भन्दै पन्छिए।

अध्यागमनको मुद्दा शाखाका अधिकृत चिरन्जीवी थापाले उनीहरूलाई सचेत गराइ उत्तर कोरियाली दूतावासको जिम्मा लगाइएको जानकारी दिए। प्रहरीले पक्राउ गरे पनि अध्यागमनका कुनै पनि अधिकारीले दरबारमार्गस्थित उत्तर कोरियालीहरूले सञ्चालन गर्दै आएको रेस्टुरेन्ट अनुगमन गरेनन्। अध्यागमनलाई बयान दिने क्रममा उत्तर कोरियालीले आफूहरू यहाँ काम गर्न नभएर घुम्न आएकाले केही दिनमा नै स्वदेश फर्कने बताएका छन्।

पक्राउ परेकामध्ये ३ जना उत्तर कोरियाली दूतावासका कर्मचारी हुन्। पक्राउ परेकामध्ये २ जनासँग बिजनेस भिसा छ भने बाँकीसँग पर्यटक भिसा रहेको स्रोतले जानकारी दियो। पर्यटक भिसामा रहेकाहरूले केही दिनको मात्र भिसा रहेको र त्यसपछि स्वदेश फर्कने बताए। ४ जनाले उद्योग विभागमा रेस्टुरेन्टको स्वामित्व परिवर्तन गर्न प्रक्रिया अघि बढाएका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘उनीहरूले अध्यागमन कानुन उल्लंघन गरेको देखिएकाले अनुसन्धान र आवश्यक कारवाहीका लागि अध्यागमनमा बुझाइएको हो।’

उत्तर कोरियालीले काम गर्दै आएको प्योङयाङ आरिराङ रेस्टुरेन्टको आवश्यक छानबिन र स्थलगत अध्ययन नै नगरी अध्यागमन विभागले उनीहरूलाई दूतावासका अधिकारीको जिम्मा लगाएको हो।

प्रहरीले अध्यागमनमा पठाएको पत्रमा उत्तर कोरियालीहरूले भिसा दुरुपयोग गर्दै काम गरेको उल्लेख छ। तर अध्यागमनका अधिकारीले उनीहरू        श्रममा संलग्न भएको पुष्टी नभएको जनाएका छन्। अध्यागमन नियमावली २०५१ को दफा २० अनुसार प्रवेशाज्ञा पाएका कुनै पनि विदेशीले भिसा पाएको उद्धेश्यबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ। व्यापारिक भिसामा आएर श्रममा संलग्न हुनु अध्यागमन कानुन उल्लंघन हो। प्योङयाङ आरिराङ रेस्टुरेन्टकै केही उत्तर कोरियाली युवतीहरू काठमाडौंस्थित राइजिङ मलमा चिनियाँ नागरिकद्वारा सञ्चालित रेस्टुरेन्टमा समेत काम गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.