जानकी मेडिकल कलेजमा १४ महिनाको तलब माग्दै कर्मचारी आन्दोलित, पढाइ ठप्प

जानकी मेडिकल कलेजमा १४ महिनाको तलब माग्दै कर्मचारी आन्दोलित, पढाइ ठप्प

जनकपुरधाम : जानकी मेडिकल शिक्षण अस्पतालका कर्मचारी समयमा तलब नपाएको भन्दै पुनः आन्दोलित भएका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका रमदैयास्थित अस्पतालका कर्मचारीले आइतबारदेखि पठनपाठन ठप्प परेका हुन्।

कर्मचारीले १४ महिनाको तलबभत्ता र ५ वर्षदेखिको सञ्चयकोष एकमुष्ठ उपलब्ध गराउनुपर्ने मागसहित वैशाख १० गतेदेखि हाजिरी र लेखा फाँटमा ताला लगाएका थिए। व्यवस्थापनले सुरक्षाकर्मी लगाएर आइतबार ताला तोड्न लगाएका थिए। त्यसपछि कर्मचारीले पत्रकार सम्मेलन गरी थप आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले सुरक्षाकर्मीकै मिलेमतोमा व्यवस्थापन पक्षले कर्मचारीको श्रमशोषण गर्न खोजेको आरोप लगाए। यहाँ कार्यरत करिब ५ सय कर्मचारीले पुरानो ७ महिना र नयाँ व्यवस्थापन आएदेखि (७ महिना)को तलबभत्ता नपाएको उनले बताए। उनका अनुसार १४ महिनादेखि तलब नपाउँदा घर चलाउन र छोराछोरी पढाउन समस्या भएको छ।

सिनियर कम्प्युटर कलर्क पदमा कार्यरत यादवले भने, ‘तलब माग्दा व्यवस्थापन पक्ष आजभोलि भन्दाभन्दै पन्छिदै गयो। बाध्य भएर हामी कर्मचारी आन्दोलनमा उत्रेका छौं।’

उनले आइतबारदेखि पठनपाठन अवरुद्ध पारेको जानकारी दिँदै दुई–तीन दिनभित्र एकमुष्ठ तलब नपाए अस्पतालको सम्पूर्ण सेवा पनि ठप्प पार्ने चेतावनी दिए। स्टाफ नर्स ललिता यादवले पैसा कमाउन काम गरिरहे पनि घर चलाउन भने ऋण लिनुपरेको गुनासो गरिन्। उनले तलबभत्ता नपाउँदा घरभाडा तिर्न नसकेको बताइन्। भनिन्, ‘जनकपुरबाट यहाँ गाडीमा आउन पनि भाडा छैन। योभन्दा बढी के भनूँ ? ’

कलेज र अस्पतालमा गरी ५ सय कर्मचारी छन्। उनीहरू कसैले पनि १४ महिनादेखि तलब नपाएको जनाइएको छ। एकमुष्ठ तलब बाँड्दा झन्डै १० करोड रुपैयाँभन्दा बढी लाग्ने अस्पताल प्रशासनले जनाएको छ। समयमा तलबभत्ता नपाउँदा कर्मचारीले गर्ने गरेको तालाबन्दी तथा हडतालले कलेजको अवस्था धरासायी हुँदै गएको छ।

्कलेजका प्रबन्ध निर्देशक राजेश थापाले घाटा भएका कारण समयमा कर्मचारीलाई तलबभत्ता खुवाउन नपाएको बताए। भने, ‘कर्मचारीले आन्दोलन गर्छौं भनेपछि जसरी पनि जेठभित्र एकमुष्ठ तलब खुवाउने भनेर सूचना पनि निकालें। तापनि उहाँहरूले मान्नुभएको छैन।’

सन् २००३ देखि पढाइ सुरु भएको यो कलेजमा बीचमा तीन वर्ष भर्ना अनुमति नपाउँदा अवस्था नाजुक बन्दै गएको छ। १० वर्षसम्म राम्रै अवस्थामा रहेको यो कलेज पछिल्लो पाँच वर्षदेखि जर्जर अवस्थामा छ। सञ्चालकले कलेजको भविष्यप्रति वास्ता नगरी आफ्नै थैलो भर्न थालेपछि कलेजको स्थिति दयनीय बनेको कर्मचारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.