छोरा नपाएको भन्दै मरणासन्न कुटपिट

छोरा नपाएको भन्दै मरणासन्न कुटपिट

दुनै : छोरा नपाएको भन्दै डोल्पाको ठूलीभेरी नगरपालिका–७ जुफाल बस्ने एक महिला पतिको कुटाइबाट गम्भीर घाइते भएकी छन् । पति कुमार शाहले मरणासन्न हुनेगरी कुटपिट गरेपछि बिसरा रोकाय गम्भीर घाइते भएकी हुन् । वैशाख २१ गते मदिरा सेवन गरेका रोकायका पति शाहीले छोरा नपाएको रिसमा घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको रोकायको आरोप छ ।

पतिको कुटपिटबाट बेहोस भएकी रोकायलाई जुफालको स्थानीय मेडिकलमा उपचारपश्चात् होस आएको थियो । दायाँ आँखामा लागेको घाउमा तीन वटा टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले जानकारी दिए ।

पतिको कुटाइबाट गम्भीर घाइते रोकायले होस खुलेपछि जुफाल विमानस्थल सुरक्षार्थ रहेको प्रहरी चौकीमा न्याय पाउँ भन्दै उजुरी दिएकी छन् । पीडित रोकाय भन्छिन्, ‘पतिले पटकपटक विभिन्न प्रकारका यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै प्रहरीलाई उजुरी दिएकी हुँ यसरी जीवन बिताउन सक्दिनँ ।’

घाइते रोकायले उजुरी गरेपछि प्रहरीले शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी इन्चार्ज कृष्णराज शर्माले जानकारी दिए । डोल्पामा अधिकांश महिलामाथि हुने हिंसा प्रहरी चौकीमै गएर मिलापत्रमा सीमित हुने र झनै हिंसा बढ्ने गरेको नागरिक समाज डोल्पाको आरोप छ ।

गरिबी र अशिक्षाका कारण डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको स्थानीय बताउँछन् । पछिल्लो समय जिल्लामा हप्तैजसो महिला हिंसा तथा घरेलु हिंसा बढ्दो क्रममा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.