उपसभापति भएपछि आर्शिवाद थाप्न जनकपुर पुगे निधी

उपसभापति भएपछि  आर्शिवाद थाप्न  जनकपुर पुगे  निधी

जनकपुरधाम :  नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएपछि नेता विमलेन्द्र निधी पूजापाठ तथा आर्शिवाद लिनमै व्यस्त बनेका छन् । सोमवार जनकपुर आए लगत्तै उनले जानकी मन्दिर पुगेर पूजापाठ गरे । उनले माता जानकीको आर्शिवाद लिनकै लागि जनकपुर आएको प्रतिक्रिया समेत दिए ।

श्रीमती अनामिका निधीसँगै जानकी मन्दिर पुगेका नीतिलाई छोटे महन्थ रामरोशन दास वैष्णवले लस्सी र पेडा खुवाएर भव्य स्वागत गरेका थिए । मन्दिरमा पूजापाठ सकेर उनी पुरानो घर नगराइन पुगे । त्यहाँ उनले आफ्ना वूवा तथा पूर्वजहरुको दाहसंस्कार गरिएको स्थल पुगेर माला अर्पण गर्नुका साथै पूजापाठ गरे ।

उपभासपति जस्तो जिम्मेवार पदमा पार्टीले विश्वास गरेर मनोनित गरेपछि कार्यकाल सफलताको लागि बुवा तथा पूर्वजबाट आर्शिवाद लिएको उनले भने । उनले देश, प्रदेश, मधेस र संघीय गणतन्त्रात्मक प्रणाली पक्षमा इमान्दारिता पूर्वक काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

जानकी मन्दिर र स्वर्गिय बुवाको पूजापाठ गरी आर्शिवाद लिएर उनी फर्केका छन् । उनले स्वर्गिय विपी कोइराला र उनका पूर्वजहरुको ठाउँ सिन्धुलीको दुम्जामा रात विताउने बताए । उनले भने, ‘म कांग्रेसको राजनीतिमा यहाँसम्म विपी कोइरालाको आर्शिवादले नै पुगेको छु ।

 त्यसैले दुम्जा पुगेर फेरी पनि श्रद्धाञ्जली अर्पण गर्छु ।’ नेवि संघको जनकपुर महाधिवेशनको उद्घाटन गरेका विपीकै आर्शिवादले आफू त्यतिबेला निर्विरोध सभापति पदमा निर्वाचित भएको थिए– उनले विगत सम्झे ।पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधी प्रतिनिधिसभाको चुनावमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबाट पराजित भएपछि उनको चर्चा सेलाएको थियो ।

तर कांग्रेसको उपसभापतिमा मनोनित भएपछि सोमबार जनकपुर आएका निधीको विमानस्थलमै भव्य स्वागत गरिएको हो । उनका स्वागतका लागि प्रदेश २ का साँसद तथा जिल्ला सभापति रामसरोज यादब लगायतका सयौं नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

मोदीलाई स्वागत गर्न निर्देशन
जनकपुरधाम भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तथा भ्रमणको समर्थन गर्न कााग्रेसले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस उपसभापति निधीले स्वागत र अभिनन्दन कार्यक्रममा सहभागी हुन प्रदेश २ का आठै जिल्लाका नेता तथा कार्यकर्तालाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको बताए ।

मोदी जनकपुरधाम जानकी माताको दर्शन गर्न आउन लागेकोमा निधी उत्साहित देखिए । ‘जनकपुरधाम भ्रमणका लागि प्रधानमन्त्री मोदीसँग पटक पटक आग्रह गरेको थिए’, विमानस्थलमै संचारकर्मीहरुसँग भने, ‘मोदी जीको यो भ्रमणको सदुपयोग गर्न प्रदेश र संघीय सरकारसँग अपिल गर्दछु ।’


‘मोदी जी भ्रमणमा आएपछि के गर्नुहुन्छ र यहाँको विकासका लागि के दिने प्रतिवद्धता जनाउनुहुन्छ मलाई अहिले केहि थाहा छैन् । औपचारिक निम्तो समेत पाएको छैन्,’उनले भने, ‘तर हुलाकी राजमार्गको दोस्रो चरण, जनकपुर शहरको विकास, कृषि क्षेत्र र रामायण सर्किट निर्माण गर्न विशेष सहयोग प्राप्त गर्न सरकारसँग आग्रह गर्छु ।’

प्रतिपक्षी दलको नेता तोक्न माग

उपसभापति निधीले प्रदेश २ का सरकारसँग संसदमा प्रतिपक्षी दलका नेता तोक्न माग पनि गरेका छन् । उनले कांग्रेस बाहेक सबै दलले प्रदेश सरकारलाई समर्थन गरिसकेको बताउँदै कांग्रेसका संसदीय दलका नेता रामसरोज यादबलाई प्रतिपक्षको हैसियत दिनुपर्ने तर्क गरे । ‘मुख्यमन्त्री र सभामुखसँग पनि फोनमा कुरा हुँदा प्रतिपक्षको नेता तोक्न आग्रह गरेको थिए’, उनले गुनासो गरे, ‘तर अहिलेसम्म नतोकेपछि दुःख लागेको छ ।

यसका लागि पनि संसद अवरुद्ध गर्ने अवस्था सृजना भयो ।’ उनले सर्वसत्तावादको दिशामा नजान पनि प्रदेश सरकारसँग आग्रह गरे ।उपसभापति निधीले संघीय सरकारले संघीय संरचना र संविधानलाई खतरामा पुर्‍याउने प्रयास गरिरहेको आरोप पनि लगाएका छन् ।

‘ओली नेतृत्वको सरकार संघीय लोकतन्त्रको पक्षमा काम गरिरहेका छैन्’, उनले भने, ‘संघीय प्रणालीलाई कमजोर पारेर संविधानलाई असफल पार्ने कोशिस गर्दैछ ।’ संविधान असफल पार्नु खोज्नु खतरनाक विषय भएकोले सबै सावधान हुनेपर्ने उनको भनाई थियो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.