ज्वेलरी पसल उद्घाटन गर्न करिश्मालाई २६ लाख

ज्वेलरी पसल उद्घाटन गर्न करिश्मालाई २६ लाख

काठमाडौं : बलिउड अभिनेत्री करिश्मा कपुरले २६ लाख नेपाली रुपैयाँ पारि श्रमिक लिएर सोमबार दरबारमार्गमा एक ज्वेलरी पसल उद्घाटन गरेकी छन् । करिब दुई मिनेटको सम्बोधन र रिबन काट्नका लागि उनले १६ लाख भारु लिएको बताइएको छ ।

देस्रोपल्ट नेपाल आएकी करिश्माले दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको उद्घाटनपछि भनिन्, ‘नेपालजस्तो हिमालयको देशमा आउन पाउनु मेरा लागि खुसीको क्षण हो ।’ उनले धेरै वर्षपछि फेरि नेपाल आउने मौका पाएकोमा खुसी व्यक्त गर्दै दुवै देशको संस्कृति र परम्परा प्रायः मिल्ने भएकाले नेपाल आउँदा आफ्नोपन महसुस हुने बताइन् । साथै चार पुस्तादेखि नेपाली गहना निर्माणमा लागिपरेको मेरिगोल्ड ज्वेलर्सको पनि उनले प्रशंसा गरिन् ।

बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेकी करिश्मा निर्धारित समयभन्दा दुई घन्टा ढिलो गरी कार्यक्रमस्थल पुगेकी थिइन् । दरबारमार्गमा खुलेको मेरिगोल्ड ज्वेलर्सको दोस्रो आउटलेटको ग्रान्ड ओपनिङमा विशेष अतिथिका रूपमा उनलाई निम्त्याइएको हो । निकै टाइट सेड्युलमा नेपाल आएकी करिश्मा सोमबार दिउँसो २ बजेकै फ्लाइटमा फर्किन् । केही दिनपहिले पनि करिश्मा नयाँदिल्लीमा नेपाली डिजाइनरले तयार पारेका डिजाइनमा ¥याम्पमा उत्रिएकी थिइन् ।

ज्वेलरी पसल उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि उपस्थित थिइन् । अध्यक्ष राणाले नेपाली ह्यानमेड गहनाको विश्वभर माग हुने गरेको बताउँदै प्रत्येक वर्ष तीन सय ६० मिलियन डलर बराबरको गहना विश्वमा निर्यात हुने गरेको बताइन् ।

मेरिगोल्ड ज्वेलर्सकी प्रबन्ध निर्देशक र नेपाल सुनचाँदी व्यवसायी महासंघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले दुई दशकदेखि आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको मेरिगोल्ड ज्वेलर्सको उद्घाटन भारतीय अभिनेत्री करिश्माबाट गर्न पाएकोमा खुसी व्यक्त गरिन् । नेपाली जेम्स स्टोनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आफूहरू लागिपरेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.