मोदीको नेपाल भ्रमण : ४१ भारतीय सुरक्षाकर्मी काठमाडौंमा

मोदीको नेपाल भ्रमण : ४१ भारतीय सुरक्षाकर्मी काठमाडौंमा

 काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अत्याधुनिक हतियारसहितका भारतीय सुरक्षाकर्मी काठमाडौं आएका छन् । नेपालमा रहँदा मोदीले चढ्ने दुईवटा बुलेट प्रुफ गाडीसमेत भारतीय पक्षले नै ल्याएको छ । भारतीय वायुसेनाको चार्टर जहाजले मंगलबार मोदी भ्रमणका लागि आवश्यक सुरक्षाकर्मी, हतियार, गाडीलगायत सामग्री ल्याएको हो ।

भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) अन्तर्गतका अत्याधुनिक हतियारसहितका ४१ जना सुरक्षाकर्मी काठमाडौं आएका हुन् ।

भारतीय वायुसेनाको जहाज आएको तर सुरक्षा संवेदनशीलताका कारण थप विषयबारे बोल्न नमिल्ने विमानस्थल प्रहरी प्रमुख प्रेम चन्दले बताए । भारतबाट आएका सुरक्षाकर्मीले नेपाली सेनासँगको समन्वयमा प्रधानमन्त्री मोदीलाई सुरक्षा प्रदान गर्नेछन् ।

हतियारसहित नेपाल आएका भारतीय सुरक्षाकर्मी नेपाली सेनासँगको समन्वयमा मोदीको सुरक्षाका लागि अग्रस्थानमा खटिनेछन् । भारतीय पक्षले प्रधानमन्त्री मोदी जाने स्थान जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा पनि बेग्लाबेग्लै समूहमा सुरक्षाकर्मी खटाएको छ ।

मोदीको सुरक्षाका लागि ल्याइएका हतियारको संख्या र प्रकृतिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयलाई लिखित जानकारी गराएको भन्सार विभाग स्रोतले बताएको छ ।

जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै समूहमा सुरक्षाकर्मी मोदी चढ्ने दुईवटा बुलेट प्रुफ गाडी

चार्टर जहाजबाट सुरक्षाकर्मी, हतियार, गाडी ल्याइयो

भारतीय सुरक्षाकर्मी नेपाली सेनासँगको समन्वयमा खटिने

लिखित पत्रमा भारतीय पक्षले ती हतियार प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ल्याइएकोे र भ्रमण सकिएपछि फिर्ता लैजाने उल्लेख छ । भारतीय सुरक्षाकर्मी मोदी जाने जनकपुर, काठमाडांै र मुक्तिनाथमा नेपाली सेनाको समन्वयमा खटिनेछन् । अहिले पनि नेपालस्थित भारतीय दूतावासका सुरक्षा अधिकारी र भारतबाट मोदी भ्रमणको रेकी गर्न आएको सुरक्षा टोलीले संयुक्त रूपमा तीनै स्थानको सुरक्षा अवस्थाबारे विश्लेषण गरिरहेको छ ।

मोदी भ्रमणको पूर्वसन्ध्यामा केही विरोध र असन्तुष्टि बढिरहेका बेला नेपाल–भारत संयुक्त सुरक्षा टोलीले सम्भावित सुरक्षा थ्रेट पहिचान गरी त्यसैअनुरूप सुरक्षा योजना बनाइरहेको छ ।

सुरक्षाकर्मीले भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने जनकपुरको बाह्रबिघा र काठमाडौंको राष्ट्रियसभा गृह वरपरको सुरक्षा अवस्था कडा बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.