युथ भिजन अलपत्र : तीन वर्षसम्म कार्ययोजनाले पूर्णता पाएन

युथ भिजन अलपत्र :  तीन वर्षसम्म कार्ययोजनाले पूर्णता पाएन

काठमाडौं :  युवा वर्गलाई उद्यमशीलतामार्फत सबल र आत्मनिर्भर बनाई समृद्ध नेपाल निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गराउन सरकारले जारी गरेको महŒवाकांक्षी योजना ‘युथ भिजन २०२५’ प्रभावहीन भएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, सामाजिक सुरक्षालगायत युवा विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका मन्त्रालयबीच समन्वय नहुँदा यो योजना अलपत्र परेको हो । सरकारले तीन वर्षअघि यो योजना सार्वजनिक गरेको थियो । तर, युथ भिजनमा समावेश गरिएका नीति तथा योजना कार्यान्वयनका लागि आवश्यक कार्ययोजना अहिलेसम्म बन्न सकेको छैन ।

योजनाअनुसार कसरी काम गर्ने भन्ने कार्ययोजना नै नबनेपछि युथ भिजनमा उल्लेख गरिएको नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रियासमेत आरम्भ भएको छैन । युथ भिजन कार्यान्वयनका मुख्य दायित्व युवा तथा खेलकुद मन्त्रालयको हो ।

कार्ययोजना बनाएर कार्यान्वयन गर्न आवश्यक पहलसमेत युवा मन्त्रालयले नै गर्नुपर्छ । तर, कार्ययोजनाको खाका तयार भए पनि सरोकारवाला अन्य मन्त्रालयबाट आवश्यक राय लिन नसक्दा यो अलपत्र अवस्थामा छ । युवा मन्त्रालयले परामर्शदातालाई हायर (भाडामा) लिएर कार्ययोजनाको खाका बनाएको थियो ।

मन्त्रालयका सहप्रवक्ता महेन्द्र पौड्यालले सरोकारवाला मन्त्रालयलाई कार्ययोजनाको खाका तयार गरी राय सुझावका लागि पठाए पनि जवाफ नआएकाले युथ भिजनमा उल्लेख गरिएअनुसार काम हुन नसकेको बताए । ‘सरोकारवाला मन्त्रालयलाई ताकेता गरेर दुई पटकसम्म पत्र पठाइसक्यौं । तैपनि, जवाफ आएको छैन’, पौड्यालले भने, ‘दोस्रो पटक ताकेता गरेर पठाएको पत्रबाट पनि जवाफ नआए युवा मन्त्रालयले आफ्नै तरिकाबाट कार्ययोजना बनाउँछ ।’

युथ भिजनमा युवालाई गुणस्तरीय र व्यावसायिक शिक्षा दिएर निरक्षरता उन्मूलन गर्ने, उच्च शिक्षा प्राप्त गरेको युवाको बेरोजगारीको दरमा कमी ल्याउने, विपन्न वर्गका युवालाई लक्ष्य गरी सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, सबैलाई निःशुल्क र अनिवार्य शिक्षा दिने सरकारको अभियानलाई सघाउन पु¥याउने, छात्रवृत्तिको व्यवस्था गर्नेलगायत विषय समेटिएको छ ।

अहिले विभिन्न १८ वटा मन्त्रालयमार्फत युवा लक्षित कार्यक्रम सञ्चालन भइरहेका छन् । तर, यस्ता कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयबीच समन्वय हुन नसक्दा उनीहरूले सञ्चालन गरिरहेका कार्यक्रम पनि निष्प्रभावी देखिएको छ ।

धेरै मन्त्रालयबाट आ–आफ्नै तरिकाबाट कार्यक्रम सञ्चालन हुँदा लक्षित वर्ग लाभान्वित हुन नसकेको र यस्ता कार्यक्रमलाई ‘बास्केट फन्ड’ बनाएर एकै निकायबाट कार्यान्वयन गर्नुपर्ने आवाज उठे पनि कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवाको परिभाषाभित्र राखेको छ । सरकारी तथ्यांकअनुसार यो उमेर समूहका नागरिक कुल जनसंख्याको ४० दशमलव ३ प्रतिशत छन् ।

अनुगमन समिति नै बनेन

युथ भिजनको कार्यान्वयनबाट लक्ष्यअनुसार नतिजा हासिल भए÷नभएको विषयमा अनुगमन र मूल्यांकन गर्ने दायित्व युवा तथा खेलकुद मन्त्रालयका सचिवको हुन्छ । सचिवको संयोजकत्वमा युवा विकाससँग सम्बन्धित मन्त्रालयको प्रतिनिधि रहने गरी केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति गठन गर्नुपर्ने हुन्छ । तर, दुई वर्ष बितिसक्दासमेत यस्तो समिति बनेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.